सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी


  •    न्युजभित्तो/१४ जेष्ठ २०८१, सोमबार १६:२५ 
  • चितवन, १४ जेठ । नेपाल पत्रकार महासंघले सदस्यता सुद्धिकरणमा मनपरी गरेको भन्दै चितवनका चार संगठनले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरेको छ ।

    महासंघले चितवन शाखाले सहमति जनाएको सदस्य भन्दा बाहिर गएर थपघट गरेको, मनपरी तन्त्र गरेकोलगायतको आरोप लगाएर चार संगठनले आज तालबन्दी गरेका हुन् । तालाबन्दी गर्नुअघि चार संगठनका प्रतिनिधित्व गर्दै नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीलाई ज्ञापन पत्र बुझाए । सो क्रममा बोल्दै युनियन अध्यक्ष ढकालले पत्रकार महासंघमा संगठनहरुले सहमति जनाएका भन्दा बाहिरको सदस्यता थपघट गरेको भन्दै यो मान्य नहुने बताए । उनले चितवनका चार वटै संगगठनहरुले यही अवस्थामा चितवनमा कुनैपनि हालतमा अधिवेशन निर्वाचन हुन नसक्ने बताए ।

    प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले महासघले सदस्ता सुद्धिकरणको नाममा मनपरीतन्त्र गरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । उनले पनि सदस्यता सुद्धिकरण जिल्लातहबाट टुंगो लागेका विषयलाई नै निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले विधिसम्मत रुपमा सदस्यता सुद्धिकरणलाइै अगाडि बढाउनुपर्नेमा जोड दिए । यस्तै प्रेस संगठन चितवनका अध्यक्ष सूर्य पाठक, समाजवादी संगठनका अध्यक्ष टिकादत्त तिमिल्सिनाले एक्यैवद्धता जनाउँदै कुनै पनि हालतमा सदस्यता टुंगो नलागेसम्म निर्वाचन प्रक्रिया अघि बढ्न नसक्ने बताए ।

    ज्ञापनपत्र बुझ्दै महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले संगठनहरुले उठाएको सवालमा आफूले पनि एक्यवद्धता जनाए । उनले महासंघ चितवन शाखाले सिफारिस गरेको भन्दै फरक लिस्ट बाहिर सार्वजनिक भएको भन्दै आपत्ति जनाए । उनले भने–‘तपाईहरुको आन्दोलनमा मेरो पनि समर्थन छ, यहाँ हामीले गरेको निर्णयलाई केन्द्रले कुल्चिएको छ, हामी यही अवस्थामा चुनाव गराउदैनौं ।’

    महासंघले यही जेठ २६ गते निर्वाचन घोषणा छ । तर सदस्यता सुद्धिकरणलाई लिएर देशैभर विरोध भइरहेको छ । महासंघ केन्द्रीय कार्यालयमा पनि समेत तालाबन्दी गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.