सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पशुपति क्षेत्रका सबैभन्दा प्राचीन मानिने विष्णुविक्रान्तको मूर्ति व्यवस्थित गर्न मन्दिर बनाइँदै


  •    न्युजभित्तो/१४ जेष्ठ २०८१, सोमबार १३:३५ 
  • काठमाडौँ, १४ जेठ । पशुपति क्षेत्रका मूर्तिमध्ये तिथिमिति अङ्कनका आधारमा सबैभन्दा प्राचीन मानिएको विष्णुविक्रान्त (वामनदेव) को मन्दिर बनाइने भएको छ । एक हजार ७०० वर्षअघि बनाइएको यो मूर्ति तिथिमितिका आधारमा पशुपति क्षेत्रकै पुरानो मानिन्छ ।

    काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित सडक किनारमा अलपत्र मूर्तिमाथि फोहर फाल्ने, ढलले डुब्नेजस्ता समस्या हुन थालेपछि मन्दिर बनाएर संरक्षण गर्न लागिएको वडाध्यक्ष आशामान सङ्गतले राससलाई जानकारी दिनुभयो ।

    सातौँ शताब्दीमा बनेको लिच्छविकालीन मूर्तिको थप वास्तविकता भने उत्खनन् गरेर सुरक्षित गरेपछि थाहा हुने उहाँले सुनाउनुभयो । “मन्दिर बनाउन आजै मूर्ति निकालेर पशुपति क्षेत्र विकास कोषको कार्यालयमा सुरक्षित राखिनेछ, मूर्ति निकाल्दा कोष, पुरातत्व विभाग, संस्कृतिविद्को पनि उपस्थिति रहनेछ”,वडा अध्यक्ष सङ्गतले भन्नुभयो ।

    वडा कार्यालयको करिब रु १० लाख लागतमा मन्दिर निर्माण गर्न लागिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.