सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन खण्डमा सवारी साधन ठोक्किदा घाइते भएका थप एकको मृत्यु


  •    न्युजभित्तो/१४ जेष्ठ २०८१, सोमबार १२:१२ 
  • चितवन, १४ जेठ । नारायणगढ-मुग्लिन सडक खण्डको सत्र किलो भन्ने स्थानमा गएराति भएको दुर्घटनामा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ । गएराति पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएर हुँदा गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको मृत्यु भएको हो।

    यो सँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार राजनको उपचारका क्रममा आज ९सोमबार० बिहान साढे ८ः५५ बजे मृत्यु भएको थियो । त्यस्तै आइतबार उपचारकै क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएका किशोर प्यूठानको नौबहिनी गाउँपालिकाका १३ वर्षीय सुयन पुन रहेको डिएसपी रिजालले जानकारी दिए ।

    भरतपुर महानगरपालिका–२९ स्थित सत्रकिलोमा गएराति राति १२ः३० बजेको समयमा तीन वटा यात्रुबहाक बस र २ वटा ट्रक आपसमा ठोक्किएका हुन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नम्बरको यात्रुबहाक बससंग विपरित दिशाबाट जाँदै गरेको बा ३ ख ७९१५ नम्बरको मालबहाक ट्रक ठक्कर खाएको र उक्त ट्रकको पछाडी ना ६ ख ८९६८ नम्बरको बस र सो बसलाई ना ३ ख ५९३६ नम्बरको मालबाहक ट्रकले ठक्कर दिएको हो ।त्यस्तै मुग्लिनबाट आउँदै गरेको यात्रुबहाक बसलाई सोही दिशाबाट आउँदै गरेको ना ४ ख ३२४८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.