प्रेस युनियन चितवनद्वारा स्थापना दिवसमा खाना सहयोग
न्युजभित्तो/१३ जेष्ठ २०८१, आईतवार १६:४९
चितवन, १३ जेठ । प्रेस युनियन चितवनले मानव सेवा आश्रममा रहनुभएका ४६ जना आश्रित आमाबुबा, दाजुभाई, बहिनीहरुलाई खाना सेवा गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा युनियनले सेवा गरेको हो ।
प्रेस युनियनका चितवन अध्यक्ष अनिल ढकालले युनियनको स्थापनाको दिनलाई थप सम्झनायोग्य बनाउन मानवीय सेवाको कार्य गरेको बताउनुभयो । पत्रकारहरुको हक हित र श्रीबृद्धिमा अग्रसर हुँदै पत्रकारिता कर्मलाई निरन्तरता दिनु मुख्य काम भएपनि सामाजिक जीवनका विभिन्न गतिविधिमा समेत प्रेस युनियन क्रियाशील हुने गरेको उहाँले बताउनुभयो ।
आश्रमले विभिन्न कारणले घरबाट बाहिरिएका सहारा विहिनहरुलाई सहारा दिनुको साथै पुनर्मिलनका कार्य गर्दै आएको छ ।