सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले एक्सकाभेटर पुरियो,चालकको मृत्यु


  •    न्युजभित्तो/१३ जेष्ठ २०८१, आईतवार ११:५७ 
  • भरतपुर, १३ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर एक्सकाभेटर चालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ५ मा पर्ने तुइन खोलामा पुल निर्माण भइरहेको स्थानमा पहाड काट्ने क्रममा आइतबार बिहान ९ बजे बा २ क ६८५१ नम्बरको स्काभेटर माथि ढुंगासहितको पहिरो खस्दा बर्दिया गेडुवा गाउँपालिका वडा नम्वर ४ घर भएका ३८ बर्षिय मंगल चौधरीको मृत्यु भएको हो । गम्भिर घाइते चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार पहिरोले मेसिनमा क्षति पुगेको छ । पहिरोमा परेर मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत क्षति पुगेको रिजालले जानकारी दिनुभयो । पहिरो खसेपछि केहीबेर सवारीसाधन समेत अबरुद्ध भएको थियो । अहिले यातायातका साधन नियमित संचालनमा रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.