लालीगुराँस र गौतम श्री सहकारीविरुद्ध पाँच हजारभन्दा बढिको उजुरी, १० अर्ब फिर्ता माग
न्युजभित्तो/११ जेष्ठ २०८१, शुक्रबार १५:३२
काठमाडौं, ११ जेठ । लालीगुराँस र गौतम श्री बहुउदद्देश्यीय सहकारी संस्थाबाट कुल १० अर्ब फिर्ता पाउनुपर्ने माग गर्दै पीडितहरूले उजुरी दिएका छन्।
समस्याग्रत सहकारी व्यवस्थापन समितिमा परेको उजुरी अनुसार लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट सात अर्ब ४० करोडभन्दा धेरै र गौतम श्री बहुउदेश्यीय सहकारी संस्थाबाट दुई अर्ब ८४ करोड १३ लाखभन्दा धेरै रकम फिर्ता माग्दै उजुरी परेको हो।
यी दुई सहकारीमा पाँच हजार नौ सय ३६ जनाले उजुरी दिएका थिए।
पछिल्लो समय यी सहकारीहरू समस्याग्रस्त घोषणा भएसँगै समितिले बचत फिर्ताको लागि उजुरी दिन पीडितहरूलाई आह्वान गरेको थियो।हालसम्म २२ वटा सहकारी संस्था समस्याग्रस्त घोषणा भएका छन्। कुल ५९ हजार तीन सय २१ जना बचतकर्ताले ३५ अर्ब ९८ करोड ८० लाख रूपैयाँभन्दा धेरै बचत रकम आफूहरूले फिर्ता पाउनुपर्ने भन्दै उजुरी दिएका हुन्।