सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रममन्त्रीको सम्पत्तिः सहकारीमा डेढ करोड नगद, काठमाडौँमा ३ करोडको घर


  •    न्युजभित्तो/८ जेष्ठ २०८१, मंगलवार १६:५५ 
  • काठमाडौं, ८ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफूसँग सहकारीमा १ करोड ५० लाख नगद जम्मा रहेको सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन्। मंगलबार सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार, जनसागर सहकारीमा १ करोड ५० लाख नगद जम्मा भएको उल्लेख गरेका हुन्।

    उनले व्यापारबाट सो रकम आर्जेको विवरणमा बुझाएका छन्। यस्तै प्राइम बैंकमा १३, राष्ट्रिय वाणिज्य बैंकमा ४ र मेगा बैंक बैंकमा एक लाख नगद मौज्जाद रहेको विवरण बुझाएका छन्। अर्यालले श्रीमती अम्बिका केसीको नाममा ग्लोबल आइएमइ बैंकमा ५० लाख र हिमालयन बैंकमा २० लाख नगद मौज्जाद रहेको विवरण पेश गरेका छन्।

    अर्यालले धादिङका विभिन्न स्थानमा ८ आना, भक्तपुरमा ८ आना र लमजुङमा १० रोपनी २८ आना जग्गा रहेको उल्लेख गरेका छन्। यसैगरी भक्तपुरमा ८ आना जग्गा उनकै नाममा छ। यस्तै, श्रीमती अम्बिकाको नाममा काठमाडौंका विभिन्न स्थानमा २२ आना जग्गा रहेको उल्लेख गरेका छन्।

    १ करोड २५ लाखको प्राडो कार, श्रीमतिसँग ४३ लाखको टाटा नेक्सन ईभी रहेको पनि उनले बताएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.