सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा जेठ १३ गतेदेखि पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिँदै


  •    न्युजभित्तो/७ जेष्ठ २०८१, सोमबार १६:२५ 
  • भरतपुर, ७ जेठ । चितवनमा पोलियो विरुद्धको खोप इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाइने भएको छ । यही जेठ १३ गतेदेखि २२ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय चितवनले सोमबार (आज) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । २०७३ बैशाखदेखि २०७५ असोज मसान्तसम्म जन्मिएका बालबालिकालाई लक्षित गर्दै खोप लगाउन थालिएको कार्यालयले जानकारी दिएको छ ।

    यसअघि छुटेका साढे ३६ हजार ७७४ जना बालबालिकाहरुलाई आईपीभी खोप दिइने स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ रोग अधिकृत जयराम दवाडीले जानकारी दिए ।

    नेपालमा २०७१ बाट पोलियोको खोप लगाउन सुरु गरिएको थियो । बिचमा विश्वव्यापी खोपको अभाव भएका कारण खोप दिन रोकिएको दवाडीले बताए । खोप अभियानको तयारी पुरा भएको उनले जानकारी दिए । जिल्लामा ५१० वटा खोप केन्द्र तोकिएको छ । स्थानिय तहका विद्यालयमा खोप केन्द्र स्थापना गरिएको छ । विद्यालय बाहिरका बालबालिकालाई स्थानिय स्वास्थ्य केन्द्रमा खोप प्रदान गरिने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । खोपका लागि सात स्थानिय तहमा ४१२ स्वास्थ्यकर्मी खटिने छन् । जिल्लाका पालिकामा फरक–फरक समयमा खोप लगाइने उनले बताए । रत्ननगर नगरपालिकामा जेठ १३ देखि १८ गतेसम्म, माडी, खैरहनी र राप्ती नगरपालिकामा जेठ १६ देखि १८ गतेसम्म, कालिका नगरपालिकामा जेठ १३ देखि १६ गतेसम्म, इच्छाकामना गाउँपालिकामा जेठ १४ देखि २० गतेसम्म र भरतपुर महानगरपालिकामा जेठ १३ देखि २२ गतेसम्म लगाइने छ ।

    खोप अभियान सफल पार्नको लागि स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु तथा शिक्षकहरुलाई अभिमुखीकरण गरिएको छ । पोलयो भाइरसद्धारा लाग्ने रोग हो । यो मुख्य रुपमा व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्धारा फैलिन्छ । संक्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने गरेको छ । सबै उमेर समुहमा पोलियो देखिएपनि मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने रुपाखेतीको भनाई छ । विश्वमा अफगानिस्तान र पाकिस्तानमा मात्र पोलियो रहेको उनले बताए । नेपाल २०६७ सालमा पोलियो मुक्त भएको थियो ।

    खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक–फरक हुन्छन् । पहिला मुखबाट दिइने ओरल खोप मात्रै थियो । मुखबाट दिने पोेलियोको तीन टाइपमध्ये टाइप वान, टाइप टु र टाइप थ्रि मध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वान र टाइप थ्री) नियमित रुपमा सञ्चालन भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.