चितवनमा जेठ १३ गतेदेखि पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
न्युजभित्तो/७ जेष्ठ २०८१, सोमबार १६:२५
भरतपुर, ७ जेठ । चितवनमा पोलियो विरुद्धको खोप इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) लगाइने भएको छ । यही जेठ १३ गतेदेखि २२ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय चितवनले सोमबार (आज) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । २०७३ बैशाखदेखि २०७५ असोज मसान्तसम्म जन्मिएका बालबालिकालाई लक्षित गर्दै खोप लगाउन थालिएको कार्यालयले जानकारी दिएको छ ।
यसअघि छुटेका साढे ३६ हजार ७७४ जना बालबालिकाहरुलाई आईपीभी खोप दिइने स्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ रोग अधिकृत जयराम दवाडीले जानकारी दिए ।
नेपालमा २०७१ बाट पोलियोको खोप लगाउन सुरु गरिएको थियो । बिचमा विश्वव्यापी खोपको अभाव भएका कारण खोप दिन रोकिएको दवाडीले बताए । खोप अभियानको तयारी पुरा भएको उनले जानकारी दिए । जिल्लामा ५१० वटा खोप केन्द्र तोकिएको छ । स्थानिय तहका विद्यालयमा खोप केन्द्र स्थापना गरिएको छ । विद्यालय बाहिरका बालबालिकालाई स्थानिय स्वास्थ्य केन्द्रमा खोप प्रदान गरिने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए । खोपका लागि सात स्थानिय तहमा ४१२ स्वास्थ्यकर्मी खटिने छन् । जिल्लाका पालिकामा फरक–फरक समयमा खोप लगाइने उनले बताए । रत्ननगर नगरपालिकामा जेठ १३ देखि १८ गतेसम्म, माडी, खैरहनी र राप्ती नगरपालिकामा जेठ १६ देखि १८ गतेसम्म, कालिका नगरपालिकामा जेठ १३ देखि १६ गतेसम्म, इच्छाकामना गाउँपालिकामा जेठ १४ देखि २० गतेसम्म र भरतपुर महानगरपालिकामा जेठ १३ देखि २२ गतेसम्म लगाइने छ ।
खोप अभियान सफल पार्नको लागि स्थानीय तहका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्वंयसेविकाहरु तथा शिक्षकहरुलाई अभिमुखीकरण गरिएको छ । पोलयो भाइरसद्धारा लाग्ने रोग हो । यो मुख्य रुपमा व्यक्ति–व्यक्ति बीचको सम्पर्कद्धारा फैलिन्छ । संक्रमित व्यक्तिको दिशा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने गरेको छ । सबै उमेर समुहमा पोलियो देखिएपनि मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने रुपाखेतीको भनाई छ । विश्वमा अफगानिस्तान र पाकिस्तानमा मात्र पोलियो रहेको उनले बताए । नेपाल २०६७ सालमा पोलियो मुक्त भएको थियो ।
खुला प्रजातिका पोलियो भाइरस तीन प्रकारका हुन्छन् र वैज्ञानिक हिसाबले ती फरक–फरक हुन्छन् । पहिला मुखबाट दिइने ओरल खोप मात्रै थियो । मुखबाट दिने पोेलियोको तीन टाइपमध्ये टाइप वान, टाइप टु र टाइप थ्रि मध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वान र टाइप थ्री) नियमित रुपमा सञ्चालन भइरहेको छ ।