सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको इच्छाकामना गाउँपालिका पूर्ण विद्युतिकरण घोषणा


  •    न्युजभित्तो/६ जेष्ठ २०८१, आईतवार १२:२४ 
  • भरतपुर, ६ बैशाख । चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्ण विद्युतिकरण पालिका घोषणा गरिएको छ । शनिवार पालिकाको वडा नम्वर १ कालिङमा आयोजित कार्यक्रम मार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पालिकालाई पूर्ण विद्युतिकरण घोषणा गर्नुभयो ।

    सो अवसरमा बोल्दै निर्देशक घिसिङले प्राधिकरण देशव्यापी विद्युतिकरणको अभियानमा लागेको भन्दै शतप्रतिशत विद्युतिकरणको अन्तिम चरणमा रहेको बताउनुभयो । इच्छाकामनामा पूर्ण विद्युतिकरण भनेपनि घरघरमा विजुली बाल्न केही समय लाग्ने उहाँले बताउनुभयो । ‘घरघरमा पोल र तार पुगिसकेको हुनाले पूर्ण विद्युतिकरण घोषणा गरेका हौं,उहाँले भन्नुभयो, यसको लागि मिटर वितरण र मिटर जोड्ने काममा अब झन् तीब्र गतिमा हुनेछ र त्यसमा गाउँपालिकाले सहजिकरण गर्नेछ ।’

    निर्देशक घिसिङले विपन्न समुदाय बसोबास गर्ने ठाउँमा अन्तिम चरणमा विद्युतिकरण भइरहेको भन्दै विपन्न बर्गमा निःशुल्क मिटर बक्स वितरण गरेको बताउनुभयो । इच्छाकामनामा विद्युतिकरणको काम सम्पन्न गर्न तदारुकताका साथ काम गरिएको भन्दै गाउँपालिकाले निकै सहयोग गरेको उहाँले बताउनुभयो । ‘

    गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पछिल्लो एक बर्षमा इच्छाकामनामा दु्रत गतिमा विद्युतिकरणको काम गरिएको बताउनुभयो । विद्युत प्राधिकरण र स्थानियको सहयोगको कारण समयमै काम सम्पन्नको चरणमा रहेको उहाँले बताउनुभयो । ’बिशेष गरेर चेपाङ बस्ती रहेको वडा नम्वर १ र २ मा विजुली पुग्न सकेको थिएन, पालिमामा एक बर्षको प्राप्त हुने बजेट बराबरको बजेट विद्युत प्राधिकरणबाट प्राप्त भएपछि सम्भव भयो,उहाँले भन्नुभयो ।’ गाउँपालिका र प्राधिकरणबाट बिपन्नलाई निःशुल्क मिटरबक्स, तार र केही एमसिबी समेत वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । लालपूर्जा नभएकालाई मिटरबक्सका लागि एक हजार धरौंटी राख्ने व्यवस्था रहेकोमा अवस्था हेरेर तिर्न नसक्ने विपन्नका लागि गाउँपालिकाले नै जम्मा गरिदिने उहाँले बताउनुभयो । ‘सबै घरमा वायरिङ सकिएको छ,उहाँले भन्नुभयो, अब मिटरबक्स जडान गरेपछि दुईरतीन हप्तामै सबै घरमा बिजुली बल्नेछ ।’ पालिकामा करिब ६२ सय घरधुरी छन ।

    नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले प्राधिकरणको अथक मेहनत र गाउँपालिकाका जनप्रतिनिधि र नागरिकको साथ र सहयोगले सबै वडाको टोलटोलमा बिजुली पुगेको बताउनुभयो । उहाँले इच्छाकामना गाउँपालिकामा विद्युतिकरणका लागि पन्ध्र करोड ४७ लाख खर्च भएको जानकारी दिनुभयो । पछिल्लो समय वडा नम्बर एकमा मात्र ४ सय मिटर जडानको क्रममा रहेको उहाँले बताउनुभयो । प्राधिकरणको निर्देशन अनुसार नै चेपाङ समुदायलाई निःशुल्क मिटरबक्स उपलब्ध गराइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

    गाउँपालिका उपाध्यक्ष माया सिलबालले निर्वाचनमा गरेका प्रतिबद्धताहरु क्रमश पुरा हुँदै गइरहेको बताउनुभयो । उहाँले कुनै समस्या भए जनप्रतिनिधिलाई भन्न अनुरोध गर्दै गाउँमा पुगेको विद्युत, खानेपानी र सडक पूर्वाधारको सदुपयोग गर्दै आयआर्जनमा जुट्न अनुरोध गर्नुभयो । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले पूर्ण विद्युतिकरण घोषणा कार्यक्रममा स्थानियलाई निःशुल्क मिटरबक्स समेत वितरण गरिएको जानकारी दिनुभयो । उहाँले पालिकाका बिकट मानिएका ठाउँमा पनि बिजुली पुगेको भन्दै नागरिक हर्षित भएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.