चितवनको इच्छाकामना गाउँपालिका पूर्ण विद्युतिकरण घोषणा
न्युजभित्तो/६ जेष्ठ २०८१, आईतवार १२:२४
भरतपुर, ६ बैशाख । चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्ण विद्युतिकरण पालिका घोषणा गरिएको छ । शनिवार पालिकाको वडा नम्वर १ कालिङमा आयोजित कार्यक्रम मार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पालिकालाई पूर्ण विद्युतिकरण घोषणा गर्नुभयो ।
सो अवसरमा बोल्दै निर्देशक घिसिङले प्राधिकरण देशव्यापी विद्युतिकरणको अभियानमा लागेको भन्दै शतप्रतिशत विद्युतिकरणको अन्तिम चरणमा रहेको बताउनुभयो । इच्छाकामनामा पूर्ण विद्युतिकरण भनेपनि घरघरमा विजुली बाल्न केही समय लाग्ने उहाँले बताउनुभयो । ‘घरघरमा पोल र तार पुगिसकेको हुनाले पूर्ण विद्युतिकरण घोषणा गरेका हौं,उहाँले भन्नुभयो, यसको लागि मिटर वितरण र मिटर जोड्ने काममा अब झन् तीब्र गतिमा हुनेछ र त्यसमा गाउँपालिकाले सहजिकरण गर्नेछ ।’
निर्देशक घिसिङले विपन्न समुदाय बसोबास गर्ने ठाउँमा अन्तिम चरणमा विद्युतिकरण भइरहेको भन्दै विपन्न बर्गमा निःशुल्क मिटर बक्स वितरण गरेको बताउनुभयो । इच्छाकामनामा विद्युतिकरणको काम सम्पन्न गर्न तदारुकताका साथ काम गरिएको भन्दै गाउँपालिकाले निकै सहयोग गरेको उहाँले बताउनुभयो । ‘
गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पछिल्लो एक बर्षमा इच्छाकामनामा दु्रत गतिमा विद्युतिकरणको काम गरिएको बताउनुभयो । विद्युत प्राधिकरण र स्थानियको सहयोगको कारण समयमै काम सम्पन्नको चरणमा रहेको उहाँले बताउनुभयो । ’बिशेष गरेर चेपाङ बस्ती रहेको वडा नम्वर १ र २ मा विजुली पुग्न सकेको थिएन, पालिमामा एक बर्षको प्राप्त हुने बजेट बराबरको बजेट विद्युत प्राधिकरणबाट प्राप्त भएपछि सम्भव भयो,उहाँले भन्नुभयो ।’ गाउँपालिका र प्राधिकरणबाट बिपन्नलाई निःशुल्क मिटरबक्स, तार र केही एमसिबी समेत वितरण गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । लालपूर्जा नभएकालाई मिटरबक्सका लागि एक हजार धरौंटी राख्ने व्यवस्था रहेकोमा अवस्था हेरेर तिर्न नसक्ने विपन्नका लागि गाउँपालिकाले नै जम्मा गरिदिने उहाँले बताउनुभयो । ‘सबै घरमा वायरिङ सकिएको छ,उहाँले भन्नुभयो, अब मिटरबक्स जडान गरेपछि दुईरतीन हप्तामै सबै घरमा बिजुली बल्नेछ ।’ पालिकामा करिब ६२ सय घरधुरी छन ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले प्राधिकरणको अथक मेहनत र गाउँपालिकाका जनप्रतिनिधि र नागरिकको साथ र सहयोगले सबै वडाको टोलटोलमा बिजुली पुगेको बताउनुभयो । उहाँले इच्छाकामना गाउँपालिकामा विद्युतिकरणका लागि पन्ध्र करोड ४७ लाख खर्च भएको जानकारी दिनुभयो । पछिल्लो समय वडा नम्बर एकमा मात्र ४ सय मिटर जडानको क्रममा रहेको उहाँले बताउनुभयो । प्राधिकरणको निर्देशन अनुसार नै चेपाङ समुदायलाई निःशुल्क मिटरबक्स उपलब्ध गराइरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष माया सिलबालले निर्वाचनमा गरेका प्रतिबद्धताहरु क्रमश पुरा हुँदै गइरहेको बताउनुभयो । उहाँले कुनै समस्या भए जनप्रतिनिधिलाई भन्न अनुरोध गर्दै गाउँमा पुगेको विद्युत, खानेपानी र सडक पूर्वाधारको सदुपयोग गर्दै आयआर्जनमा जुट्न अनुरोध गर्नुभयो । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले पूर्ण विद्युतिकरण घोषणा कार्यक्रममा स्थानियलाई निःशुल्क मिटरबक्स समेत वितरण गरिएको जानकारी दिनुभयो । उहाँले पालिकाका बिकट मानिएका ठाउँमा पनि बिजुली पुगेको भन्दै नागरिक हर्षित भएको बताउनुभयो ।