सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै


  •    न्युजभित्तो/६ जेष्ठ २०८१, आईतवार ११:१३ 
  • म्याग्दी, ६ जेठ । जिल्लावासीलाई स्वच्छ पेयजलको व्यवस्था गर्न प्रस्ताव गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनालाई सङ्घीय सरकारले बजेटको व्यवस्था गरेसँगै आठ वर्षपछि आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

    सङ्घीय सरकार खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा २०७३ सालदेखि समावेश भएको म्याग्दीका दुईवटा स्थानीय तहका छवटा वडाका दुई हजार पाँच सयभन्दा बढी परिवारलाई खानेपानी सुविधा पुर्याउने लक्ष्य राखिएको घोप्टेखोला खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि कार्यान्वयन भएको हो ।

    म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले घोप्टेखोला खानेपानी आयोजनाका लागि आवश्यक बजेटको स्रोत सुुनिश्चितता भएपछि करिब एक दशकको निरन्तर प्रयास सफल भएको राससलाई बताउनुभयो । “ आयोजनाको लागत रु ४८ करोड अनुमान गरिएको तर खानेपानी मन्त्रालयले वार्षिक कार्यक्रममा समावेश गरे पनि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० स्वीकृत र बजेटको स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “गत फागुनमा अर्थ मन्त्रालयले रु ३७ करोड बजेटको स्रोत सुनिश्चितता गरेपछि ठेक्का आह्वान गरेर कार्यान्वयन थालिएको हो ।”

    उपभोक्ताले ब्यहोर्नुपर्ने समग्र लागतको १० प्रतिशत बजेट आयोजना प्रभावित बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाले व्यवस्थापन गरेका छन् । खानेपानी मन्त्रालयले डिपिआर स्वीकृत र अर्थले स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वान गर्न सहमति दिएपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले प्रक्रियागत काम थालेको हो ।

    कार्यालयका सूचना अधिकारी इन्जिनियर नवीन सुवेदीले बहृत् घोप्टेखोला आयोजनाका लागि आह्वान गरिएको ठेक्कामा परेका छवटा कम्पनीको प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको र चालु आवभित्रै सम्झौता गरिने जानकारी दिनुुभयो । बेनी– ५, ६, ९, १० का विभिन्न बस्ती, रघुगङ्गा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी विसं २०७३ मा परिकल्पना गरिएको बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न पछिल्लोपटक सन् २०२२ मा सर्वेक्षण भएको थियो ।

    आयोजनामार्फत दुई हजार पाँच सय ५३ घरपरिवारलाई खानेपानी वितरण गर्ने लक्ष्य रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुनम थापाले बताउनुभयो । चालु आवमा घोप्टेखोला खानेपानी आयोजनाका लागि रु दुई करोड बजेट विनियोजन भएको छ ।

    ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रघुगङ्गा–६ पाखापानीको करेन्टखोलाको मुहानबाट पाइप लाइनमार्फत ल्याइएको पानीलाई पाखापानीकै शिरमा रहने ट्याङ्कीबाट पाखापानी र त्यहाँबाट झीँ, पात्लेखेत, घतान, पुलाचौर हुँदै अर्थुङ्गे क्षेत्रसम्म खानेपानी सुविधा विस्तार गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष भेषकुमार शेरपुञ्जाले राससलाई जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.