सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय र संसदीयको झल्को दिने गरी होली भिजनमा निर्वाचन सम्पन्न


  •    न्युजभित्तो/४ जेष्ठ २०८१, शुक्रबार १५:५५ 
  • भरतपुर , ४ जेठ । स्थानीय र संसदीय निर्वाचनको झल्को दिने गरी होली भिजन पब्लिक स्कुल भरतपुर ४ चितवनमा आज शुक्रवार विभिन्न क्लबहरुको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको लागि गठन भएको निर्वाचन समितिले दिएको जानकारी अनुसार शुक्रवार युवा रेडक्रस, नाटा क्लव, ईको क्लव, आई टी क्लव, प्रिफेक्ट क्लव, स्पीकर्स क्लव र आई क्यु क्लवको निर्वाचन सम्पन भएको हो ।

    मतदातालाई मतपत्र हस्तान्तरण गरेर निर्वाचन शुभारम्भ गर्दै विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले निर्वाचनको महत्व प्रकाश पार्नुभएको थियो । उहाँले निर्वाचनको ‌महत्व बुझेर जिम्मेवारपूर्ण तरिकाले मतदान गर्न सबैलाई आग्रह गर्नुभयो ।

    विद्यार्थीहरुलाई जिम्मेवार बनाएर शैक्षिकसत्र २०८१ सालका विभिन्न शैक्षिक गतिविधिहरुलाई व्यवस्थित रुपले अगाडि बढाउने उद्देश्यले लोकतान्त्रिक प्रक्रियाअनुसार क्लबहरुको निर्वाचन गरिएको प्रमुख निर्वाचन अधिकृत केशव भट्टराईले जानकारी दिनुभयो ।

    निर्वाचनको लागि सात ओटा मतपेटिका राखिएको थियो भने मत पत्रहरु तयार गरी स्वस्तिक चिन्ह लगाएर मतदान गर्ने व्यवस्था गरिएको थियो । अघिल्लो दिने नै उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित गरी मतदाताहरुलाई मतदाता शिक्षा प्रदान गरिएको हुनाले मतदान कार्य सहज भएको निर्वाचन अधिकृत गोपाल कँडेलले जानकारी दिनुभयो ।

    मतदान स्थलमा व्यवस्थित रुपले मतदान गर्ने व्यवस्था मिलाईएको थियो भने पर्यवेक्षकहरुले पनि मतदान स्थलमा अनुगमन गरेका थिए । निर्वाचनमा निर्वाचन आचारसंहिता जारी गरी गरिएको थियो । स्वयमसेवकहरुले मतदाताहरुलाई आवश्यक सहयोग गरिरहेका थिए भने मतदाताहरु खुशी भएर मतदान गरेका थिए ।

    मतदानको कुरा सुनिएको थियो, आज प्रत्यक्ष सहभागी भएर मतदान गर्न पाउँदा खुशी छौँ, हामीलाई निर्वाचन सम्बन्धी पाठ बुझ्न सजिलो भयो।’ कक्षा ६ मा अध्ययनरत सम्पदा कँडेल र प्रेजु कँडेलले जानकारी दिनुभयो ।

    निर्वाचन कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए । स्मरण रहोस् होली भिजन पब्लिक स्कुलले हरेका वर्ष लोकतान्त्रिक प्रक्रियामार्फत विभिन्न क्लबहरुको निर्वाचन गरी विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.