सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छः राष्ट्रपति


  •    न्युजभित्तो/४ जेष्ठ २०८१, शुक्रबार १४:२३ 
  • काठमाडौँ, ४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताउनुभएको छ । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारस् न्यायपालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ नाराका साथ नेपाल बार एशोसिएसनले यहाँ आज सुरु भएको १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले देशमा सुशासन कायम हुनुपर्नेमा जोड दिनुभयो ।

    “लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता तथा अन्याय निवारणको उपाय र उपचार हो”, राष्ट्रपति पौडेलले भन्नुभयो, “विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले विर्सन हुन्न ।”

    राष्ट्रपति पौडेलले न्याय महसुस हुनुपर्ने उल्लेख गर्दै भन्नुभयो, “न्याय, न्याय भनेर मात्र पनि पुग्दैन, यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ ।”

    संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्ने उल्लेख गर्दै उहाँले यसको सच्चा पहरेदार नेपाल बार एशोसियसनसँग आबद्ध विद्धान कानुन व्यवसायी रहेको बताउनुभयो । न्याय आफै हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई यो गरिने विषय भएको भन्दै राष्ट्रपति पौडेलले यसको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आ–आफ्नै भूमिका हुनेहुँदा बार र बेञ्चबीचमा बेलाबेलामा छलफल तथा अन्तक्र्रिया हुनेगरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

    “न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । विभिन्न अभाव र समस्या रहे पनि त्यसको समाधान गर्दै न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई कसरी चुस्त बनाउने भन्ने कुरालाई बारले पनि आत्मसात् गर्नुपर्ने उहाँको भनाइ थियो ।

    राष्ट्रपति पौडेलले भन्नुभयो, “न्याय दिने दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्म मै प्रतिविम्बित हुनुपर्दछ भन्ने मान्यता बनाउनु पर्दछ ।”

    स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र तथा मानवअधिकारको क्षेत्रमा सदैव क्रियाशील बार एशोसियसनले न्याय कानुनका विषयमा गर्ने महत्वपूर्ण र उद्देश्यमूलक छलफलबाट निस्कने मुलुकमा न्यायपूर्ण एव सुशासनयुक्त अवस्था सिर्जना गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गर्नुभयो । न्यायपूर्ण जीवनशैली बोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगीमात्र हैन त्यसको सारथी पनि हुनसक्ने उहाँको भनाइ थियो । “यसका लागि उसको समर्पण र त्याग न्यायका लागि हुनुपर्ने खाँचो छ”, उहाँले भन्नुभयो ।

    लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने राष्ट्रपति पौडेलको भनाइ थियो । “सक्षमताका निमित्त ऊ आफै निष्पक्ष हुनुपर्छ, तटस्थ हुनुपर्दछ र न्यायसम्पादनमा समरुपता हुनुपर्छ”, उहाँले भन्नुभयो–“सच्चा न्यायका लागि उसलाई स्वतन्त्रता पनि चाहिएको हुन्छ र त्यसको सुरक्षाको ख्याल नेपाल बारले राख्नुपर्ने हुन्छ ।”

    यही जेठ ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब सात हजार कानुन व्यवसायीको सहभागी हुनुभएको छ । उद्घाटन समारोहमा वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सर्वज्ञरत्न तुलाधरलाई अभिनन्दन गरिएको थियो । राष्ट्रपति पौडेलले अभिनन्दनपत्र र दोसल्ला ओढाएर उहाँलाई सम्मान गर्नुभएको हो । वरिष्ठ अधिवक्ता तुलाधर बारको पूर्वअध्यक्ष समेत हुनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
    • घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय
    • सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.