सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित


  •    न्युजभित्तो/४ जेष्ठ २०८१, शुक्रबार ११:५५ 
  • विराटनगर, ४ जेठ । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएको छ ।

    नगरवासीलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ महानगरले हरेक वडामा निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । महानगरले बिहीबार नोवेल अस्पतालसँगको सहकार्यमा विराटनगर वडा नं ४ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा तीन सय ४३ जनाले सेवा लिएका जनाएको छ ।

    शिविरको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र वडा नं ४ का अध्यक्ष जितन थापाले अनुगमन गर्नुभएको थियो । वडा कार्यालय नजिकको आधारभूत विद्यालयमा सञ्चालित शिविरमा त्यहाँ अध्ययनरत विद्यार्थीको पनि स्वास्थ्य परीक्षण गराएका थिए । महानगरले विराटनगरका–१९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.