सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद् चल्छ, गृहमन्त्रीले बोल्न पनि पाउनुहुन्छः प्रधानमन्त्री प्रचण्ड


  •    न्युजभित्तो/३ जेष्ठ २०८१, बिहीबार १६:४६ 
  • काठमाडौं, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् सहज ढंगले चल्ने विश्वास रहेको बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद् सहज ढंगले चल्ने विश्वास रहेको बताएका हुन् ।

    नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने उसको माग छ । यही माग राखेर कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।

    संसद्को गतिरोध खुलाउने विषयमा आफू शीर्ष नेताहरूसँग निरन्तर संवादमा रहेको ब्रिफिङ प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूसमक्ष गरेका छन् । ‘कांग्रेससँग कुरा भएको छ । संसद् चल्छ । उपप्रधान तथा गृहमन्त्रीले संसद्‌मा बोल्न पनि पाउनुहुन्छ । त्यसपछि एउटा सकारात्मक सन्देश जान्छ’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।

    बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
    • घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.