सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद् चल्छ, गृहमन्त्रीले बोल्न पनि पाउनुहुन्छः प्रधानमन्त्री प्रचण्ड


  •    न्युजभित्तो/३ जेष्ठ २०८१, बिहीबार १६:४६ 
  • काठमाडौं, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् सहज ढंगले चल्ने विश्वास रहेको बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद् सहज ढंगले चल्ने विश्वास रहेको बताएका हुन् ।

    नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ । यस विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने उसको माग छ । यही माग राखेर कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।

    संसद्को गतिरोध खुलाउने विषयमा आफू शीर्ष नेताहरूसँग निरन्तर संवादमा रहेको ब्रिफिङ प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूसमक्ष गरेका छन् । ‘कांग्रेससँग कुरा भएको छ । संसद् चल्छ । उपप्रधान तथा गृहमन्त्रीले संसद्‌मा बोल्न पनि पाउनुहुन्छ । त्यसपछि एउटा सकारात्मक सन्देश जान्छ’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।

    बिहीबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.