सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदन-आश्रितको निर्ममतापूर्वक हत्या गरिएको थियो, हामीले अपराधी खोज्न सकेनौँः झलनाथ खनाल


  •    न्युजभित्तो/३ जेष्ठ २०८१, बिहीबार १३:२० 
  • काठमाडौं, ३ जेठ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जननेता मदन भण्डारी र जीवराज आश्रितको निर्ममतापूर्वक हत्या गरिएको बताएका छन् । ३१औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेताद्वयको रहस्यपूर्ण रूपमा हत्या गरिएको दाबी गरे ।

    “कैयौँ मानिसले दुर्घटना भन्दै गइरहेका छन्, ३० वर्ष भयो । तर, त्यो निर्मतापूर्वक गरिएको हत्या हो । ३० वर्षपछि होस् कि १०० वर्ष होस्, अपराध अपराध नै हो,” उनले भने, “तर, हामीले ती अपराधी खोज्न सकेनौँ ।”

    मदन–आश्रितको पहिले नै हत्या गरी शव पानीमा हालिएको उनले जिकिर गरे । उनले छानबिन गर्नेहरूले गाडी चालक अमर लामाबाट तथ्य निकाल्न नसकेको आरोप पनि लगाए ।

    “अमर लामालाई सबै कुरा थाहा थियो । छानिबन भए । कसैले पनि उसबाट त्यो कुरा केलाउन सकेनन्,” उनले भने, “अरू कसैले गरायो होला,” उनले भने । उनले अहिले पनि दुर्घटनामा निधन भएको भन्न विवश भएको उल्लेख गरे । हत्याका बारेमा सत्यतथ्य खोजिनुपर्नेमा उनले जोड दिए । उनले कम्युनिस्ट आन्दोलनमा मदन–आश्रितले गरेको योगदानलाई सही ढंगले अघि बढाउनुपर्ने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    • साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.