सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह


  •    न्युजभित्तो/३ जेष्ठ २०८१, बिहीबार १२:५० 
  • काठमाडौँ, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेसँग आग्रह गर्नुभएको छ ।
    बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा भएको पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुदूरपश्चिम प्रदेशमा आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिइरहनुभएको र विश्वासको मत मात्रै दिने नभइ सरकारमा सहभागी हुन समेत नेकपा एमालेलाई आग्रह गर्नुभयो । उहाँले मुख्यमन्त्रीलाई विश्वासको मत दिन सबै पार्टीले सहयोग गर्ने विश्वास व्यक्त गर्दै विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै नभइ मन्त्रीमण्डलमा सहभागी भइ सहकार्य गर्नका लागि आह्वान गर्नुभयो । उहाँले कोशी प्रदेशमा आफ्नो पार्टीले विश्वासको मत दिएको बताउनु भयो । उहाँले मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाललाई सहयोग गरिरहेको स्पष्ट पार्नुभयो । आफ्नो पार्टी अहिलेको सरकारकै भलो चाहने पक्षमा रहेको पनि बताउनु भयो । उहाँले मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रुपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लाग्नुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘यो सत्ता समीकरणमा हाम्रो पार्टी पनि सामेल छ । केन्द्रिय सरकारमा पनि छ र प्रदेश सरकारमा पनि छ । आजमात्रै पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ, उहाँले विश्वासको मत प्राप्त गर्नुपर्ने कार्यसूचि छ । सबै सम्बन्धित पार्टीबाट सहयोग प्राप्त गर्नेछाँै भन्ने लागेको छ । विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै होइन, यसलाई सहभागी समेत भएर मन्त्रीमण्डलमा सहभागी भएर सहकार्य गर्नका लागि आह्वान गर्न चाहन्छौँ । कोशी प्रदेशमा विश्वासको मत हामीसँग कुरा भएर नयाँ सरकार बनेको होइन, परामर्श हामीसँग भएको भए राम्रो हुन्थ्यो । हामीले विश्वासको मत दिएका छौँ, चलिरहेको छ । मधेस प्रदेशमा जनतास माजवादी पार्टी, नेपालसँग सहकार्य रही रहेकाले त्यसलाई ध्यानमा राखेर मधेस सरकारमा संलग्नता कायम राख्दै अघि बढिरहेका छौँ । पार्टीहरुको बीचमा एकता होस्, सहकार्य होस् भन्ने चाहना छ । मुलुक सञ्चालनको क्रममा सरकार सम्पूर्ण रुपमा जनताप्रति बफादार भएर जनसेवाको काममा जुटेर विकास निर्माणको काममा लागोस् । यो सरकारको भलो चाहन्छौँ ।’ —न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    • साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.