सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीलाई देउवाको प्रश्नः आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति ?


  •    न्युजभित्तो/३ जेष्ठ २०८१, बिहीबार १२:३८ 
  • काठमाडौँ, ३ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्र्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको बताउनुभएको छ ।

    बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय काँग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको कुरा बाहिर आएको भन्दै उहाँले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति रु भन्दै प्रश्न गर्नुभयो । उहाँले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय काँग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि । त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ । अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने काँग्रेसको पालामा भएको छ । काँग्रेसको पालामा गिरिजाबाबु र म हो हाम्रो पालामा भएकै छैन । यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो ।’

    उहाँले केपी ओली सरहको नेताले नभएको आरोप लगाउन नहुने बताउनु भयो । न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
    • घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.