सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री प्रतिनिधि सभाको रोष्ट्रममा जाने सम्भावित कार्यसूची


  •    न्युजभित्तो/२ जेष्ठ २०८१, बुधबार १४:०९ 
  • काठमाडौं, २ जेठ । बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभाको रोष्ट्रममा पुग्ने सम्भावित कार्यसूची छ ।

    प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार कार्यसूची तय भएको खण्डमा जेठ ३ गते, बिहीबार ‘राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

    यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव कार्यसूचीमा तय भएर पनि विगतमा दुई पटकसम्म स्थगित भएको थियो ।

    २ चैत २०८० मा प्रतिनिधि सभामा यो विधेयक गृहमन्त्रीले पेस गर्ने कार्यसूची थियो । उक्त कार्यसूचीमा सभामुख प्रवेश गर्नेबित्तिकै कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

    २७ चैत २०८० मा पनि प्रतिनिधि सभामा यो विधेयक गृहमन्त्रीले पेस गर्ने कार्यसूची थियो । त्यसदिन प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेन ।

    कार्यसूचीमा सभामुख प्रवेश गर्नेबित्तिकै कांग्रेसका सांसदहरूले नाराबाजी गरे । त्यसपछि सभामुख देवराज घिमिरेले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची हटाएका थिए ।

    बिहीबार बिहान बस्ने प्रतिनिधि सभाको बैठकमा ‘राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
    • घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.