सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काँग्रेसको संसद् अवरोधका विषयमा प्रधानमन्त्री र सभामुखबीच छलफल


  •    न्युजभित्तो/२ जेष्ठ २०८१, बुधबार १३:५६ 
  • काठमाडौं, २ जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गरेको संसद् अवरोधका विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।

    कांग्रेसको अवरोधका कारण राष्ट्रपति रामचन्द्र पौडेलप्रति संघीय संसदबाट धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।

    सभामुख घिमिरेले कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षष गराएका थिए ।

    राष्ट्रपति पौडेलले हिजो मंगलबार संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो । कांग्रेसले बैठक चल्न नदिएपछि राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव समेत पारित हुन सकेको थिएन ।

    सहकारीको रकम हिनामिनामा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समितिको माग राख्दै आएको कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेन । कांग्रेसको अवरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बुढाथोक घरबासः परम्परागत घरमा स्थानीय परिकार
    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    मुस्ताङका किसानलाई मौरीसहितका घार वितरण
    • राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
    • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया
    • अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
    • कोरलानाकामा जिप दुर्घटनामा चालक घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.