सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन


  •    न्युजभित्तो/१ जेष्ठ २०८१, मंगलवार १७:१३ 
  • भरतपुर, १ जेठ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लगाइएको विद्युतीय तारबारबाट जोगिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको छ । निकुञ्जका वन्यजन्तुबाट जोगिन लगाइएका विद्युतीय तारबारबाट मानवीय क्षति हुन नदिन सूचना बोर्ड र साइरन मेसिन जडान गरिने भएको हो ।

    सोमबार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रअन्तर्गत अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति माडी नगरपालिका–८ मा विभिन्न उपभोक्ता समितिका सोलार तारबार हेरालुलाई खतरा सूचना बोर्ड, साइरन मेसिन र सुरक्षाका सामग्री हस्तान्तरण गरिएको छ ।

    सामग्री हस्तान्तरण गर्दै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले विद्युतीय तारबारबाट जोगिन बेलैमा सचेत बन्नुपर्ने र समुदायस्तरमा पनि जनचेतना फैलाउनुपर्ने बताउनुभयो । समुदायमा जनचेतना दिँदै मानवीय दुर्घटना न्यूनीकरणका लागि सुरक्षा सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । मध्यवर्तीका नागरिकलाई निरन्तर सचेतना कार्यक्रम गरिरहेको उहाँको भनाइ छ ।

    गत असोज २५ माडी–९ कृष्णनगरका विकल्प सुवेदीको विद्युतीय तारबारको झड्काबाट मृत्यु भएको थियो । त्यसपछि स्थानीयलाई विद्युत् छाडेको जानकारी दिन साइरन र नछुन अनुरोध गर्दै सूचना बोर्ड राखिएको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले बताउनुभयो ।

    हात्ती, गैँडा, बाघलगायत वन्यजन्तु निकुञ्जबाट मानव बस्तीमा प्रवेश नगरून् भन्ने उद्देश्यले विद्युतीय तारबार जडान गरिएको उहाँले जानकारी दिनुभयो । यो क्षेत्रमा झन्डै १२ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार जडान गरिएको गायकले बताउनुभयो । बेलुका ७ देखि बिहान ६ बजेसम्म तारमा विद्युत् छाडिन्छ । “अब विद्युत् छाड्न अघि साइरन बज्छ”, उहाँले भन्नुभयो, “ठाउँ ठाउँमा यो तार छुनु हुन्न भनेर बोर्डसमेत टाँस गर्नेछौँ ।”

    अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति, रेवा मध्यवर्ती उपभोक्ता समिति, बघौडा मध्यवर्ती उपभोक्ता समिति र पर्सामा रहेको निर्मलठोरी मध्यवर्ती उपभोक्ता समितिलाई सामग्री हस्तान्तरण गरिएको हो । यस्तै उनीहरुलाई सुरक्षा सामग्री लाइट, रेनकोट, बुट जुत्ता, बिजुलीको तार छुने टेस्टर, हम्मर, पिलास, झोलालगायत सामग्रीसमेत वितरण गरिएको छ ।

    तराई भू–परिधि कार्यक्रम (ताल) को सहयोगमा सामग्री हस्तान्तरण गरिएको हो । यो क्षेत्रमा सोलार फेन्स जडानपछि ठूला वन्यजन्तुको प्रवेश र क्षति कम भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.