सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टेण्डर रद्द


  •    न्युजभित्तो/१ जेष्ठ २०८१, मंगलवार १५:५८ 
  • चितवन, १ जेठ । भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलागि आह्वान गरिएको बोलपत्र (टेण्डर) रद्द भएको छ।

    भरतपुर महानगरपालिकाले आज ९मंगलबार० एक सूचना जारी गर्दै २०८० फागुन १७ गते आव्हान गरिएको बोलपत्र २०८१ को बैशाख ३१ गतेको निर्णय अनुसार रद्द भएको जानकारी दिएको हो। भरतपुर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र देव भारतीले सार्वजनिक खरिद अनुमगन कार्यालयले ठेक्का प्रक्रिया नियमसंगत नभएको उल्लेख गरेसंगै ठेक्का रद्द भएको जानकारी दिए । महानगरका इन्जिनियर साकार लामाले एउटा मात्रै कम्पनीको टेण्डर परेको र अन्य ठेक्का प्रक्रिया नियमसंगत नभएकाले टेण्डर रद्द गरिएको जानकारी दिए ।

    महानगरका अनुसार भोलि नै नयाँ ठेक्का आह्वान हुनेछ । भरतपुर महानगरले पहिलो चरणको निर्माणका लागि १ अर्बभन्दा बढीको ठेक्का आह्वान गरेको थियो। भरतपुर–१५ मा अलपत्र अवस्थामा रहेको रंगशालालाई पहिलो चरणमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान र १५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने गरि ठेक्का आव्हान भएको थियो। गत कात्तिकमा बागमती प्रदेश सरकारको ७० र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निमार्ण सम्झौता गरेका थिए।

    गत कात्तिकमा यो रंगशालालाई संघीय सरकारले पनि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको थियो । विसं २०७५ सालमा २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बनाउन थालेको धुर्मुस सुन्तली फाउन्डेसनले १८ करोड बढी ऋण लागेपछि रंगशालाबाट हात झिकेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.