सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशका निम्ति क्रियाशील हुनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालको जोड


  •    न्युजभित्तो/१ जेष्ठ २०८१, मंगलवार १२:०५ 
  • काठमाडौँ, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवावर्ग देशको सामाजिक–आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ ।

    अनेरास्ववियूको ६०औँ एवं युवासङ्घ नेपालको ३५औँ स्थापना दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकको बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका श्रमजीवी युवा पलायन भइरहेको अवस्थामा युवाहरू एकजुट भएर स्वदेशमा नै उद्यम गर्ने वातावरण बनाउन जरुरी भएको बताउनुभएको छ ।

    जनताका तत्कालीन समस्या समधान गर्न जनपरिचालन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभएको छ, “हाम्रो देश यतिबेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । तर देश भने चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । समाजवादतिरको यात्रालाई व्यापक बनाउन जरुरी छ ।”

    पूर्वप्रधानमन्त्री खनालले सम्पूर्ण समस्याको एकमात्र समाधान समाजवाद भएको बताउँदै समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समधान गर्न सक्ने विचार व्यक्त गर्नुभएको छ । ‘यात्रा समृद्धिको र लक्ष्य समाजवाद’को नारालाई व्यवहारमा अनुवाद गर्न उहाँले आह्वान गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    • साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.