सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षामा सीप कार्यक्रमले जीवनको रङ्ग पहिचान गर्ने क्षमता विकास भयोः प्रमुख शाह


  •    न्युजभित्तो/३१ बैशाख २०८१, सोमबार १७:०९ 
  • काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘चित्रकला’ र ‘मूर्तिकला’ बाट विद्यार्थीले सीपसँगै जीवनको रङ्ग पहिचान गरेको बताउनुभएको छ ।

    सामुदायिक विद्यालयका विद्यार्थीमा जीवनोपयोगी सीप र सिर्जनात्मक क्रियाकलाप देखिनु ‘शिक्षामा सीप’ कार्यक्रमको नतिजा रहेको प्रमुख शाहको भनाइ छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका कक्षा ९ र १० का ‘स्केचिङ एण्ड स्कप्चर’ विषयका विद्यार्थीले कोरेका चित्र र बनाएका मूर्तिको अवलोकन गर्दै प्रमुख शाहले उक्त प्रतिक्रिया दिनुभएको हो ।

    उहाँले ‘विद्यालयमा सीप सिकेका विद्यार्थीलाई, एक वडा, एक उद्यम कार्यक्रमसँग जोड्न सकिने पनि बताउनुभएको छ । उहाँले माटोका भाँडा बनाउने विद्यार्थीको सीपको प्रसङ्ग जोड्दै भन्नुभयो, “वडा नं ५ मा व्यावसायिक उत्पादनको तहमा पुगेको माटोका भाँडा बनाउने कार्यक्रमसँग जोड्न सकिन्छ ।”

    कामपा शिक्षा विभागले ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा यही वैशाख २८ गतेदेखि प्रतिष्ठानकै कक्षमा विद्यार्थीले बनाएका चित्र र मूर्ति प्रदर्शनी गरेको थियो । प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब छ सय वटा मूर्ति राखिएका थिए । चित्रमा जनजीवन, पेसा, प्रकृति, जमिन, जनावर र चराचुरुङ्गीका चित्र थिए ।

    मूर्तिकलामा धेरैजसो फूलदानी र बिर्को भएका भाँडाकुँडा थिए । बालबालिकाले घरमा खेलौनाका रुपमा प्रयोग गर्ने आकृतिमा बिरालो, मुसो, मृग, दैनिक जीवनमा आवश्यक पर्ने खाना बनाउने चुलो, तरकारी र खाना बनाउने भाँडा थिए ।

    कामपा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार विद्यार्थीको सङ्ख्या, रुचि, विद्यालयको परिवेशजस्ता सूचकका आधारमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थी समावेश गरेर एउटा विद्यालयमा एउटा बाल समूह र विभिन्न १५ वटा उपसमूह गठन गरिएका छन् ।

    कक्षा ९ र १० का विद्यार्थीका लागि सञ्चालित ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत १० वटा विधा राखिएका थिए । उक्त विधामध्ये स्केचिङ् एण्ड स्कप्चर विषयमा ९० घण्टाको तालिमका क्रममा विद्यार्थीले बनाएका चित्र तथा आकृति कला प्रदर्शनमा थिए ।

    यसमा विश्व निकेतन, रत्नराज्य, ज्ञानोदय, तरुण, गीतामाता, कन्या मन्दिर, सहिद शुक्र, पद्मकन्या विद्याश्रम र कोटेश्वर सरस्वती मावि गरी नौ वटा विद्यालयका १९ समूहका विद्यार्थीले बनाएका कला समावेश थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    • साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.