सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाटोमा ठोक्किएको निहुँमा नाबालकले गरे युवकको हत्या


  •    न्युजभित्तो/३० बैशाख २०८१, आईतवार १२:५१ 
  • काठमाडौं, ३० वैशाख । काठमाडौंको बत्तिसपुलतीस्थित कुमारी मार्गमा एक युवकको हत्या भएको छ । शनिबार बेलुकी साढे ७ बजे बत्तिसपुतलीको कुमारी मार्गमा दुई युवा समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको हो ।

    मोरङ पत्थरी शनिस्चरे नगरपालिका— ९ घर भई काठमाडौंको बिजयचोकमा डेरा गरी बसेका २४ वर्षीया शम्भु धिमालको चक्कु प्रहार गरी हत्या गरिएको थियो । धिमालको हत्या गरेको आरोपमा प्रहरीले ४ जना नाबालकलाई प्रकाउ गरेको छ । पक्राउ परेका ४ जनानै नावालक भएकाले प्रहरीले नाम खुलाएको छैन । उनीहरुले चक्कु प्रहार गरेर धिमालको हत्या गरेका थिए ।

    मृतक धिमालको साथी २३ वर्षीय मनिष चौधरी घाइते भएका थिए । धिमालमाथि चक्कु प्रहार हुँदा गम्भीर घाइते भएका थिए । घटनालगतै प्रहरीले उनको उपचारको लागि सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए । अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

    दुई समूहबीच सामान्य विषयमा विवाद हुँदा हत्या गरेको काठमाडौं प्रहरी परिसर प्रमुख बसन्त रजौरेले बताए । उनका अनुसार उनीहरुले एक अर्कालाई चिनेका समेत थिएनन् । ३ जनाको समूह राति बडे पार्टी मनाएर फर्कँदै थिए ।

    बाटोमा उनीहरुले छ्याङ खाएका थिए । त्यही क्रममा १४ वर्षका अर्का साथी जोडिए । ४ जनाको समूह जाँदै गर्दा बाटोमा धिमाल र चौधरीसँग ठोक्किएको थियो । सोही क्रममा भनाभन भई झगडा हुँदा ४ जनाको समूहमध्ये एक जनाले धारिलो हतियार चक्कु धिमालमाथि प्रहार गरेका थिए ।

    सुचना स्रोतः नेपाल प्रेस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.