सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँ र गोरखाका सडक स्तरोन्नति गरिँदै


  •    न्युजभित्तो/२८ बैशाख २०८१, शुक्रबार १५:५८ 
  • तनहुँ, २८ वैशाख । तनहुँ र गोरखाका दुई जिल्लामा ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारको बजेटमा ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको छ । तनहुँको व्यास–१० बोटेटारबाट व्यास–८ रिस्तीखोलासम्म छ दशमलव १३० किमी र आँबुनैरेनी–गोरखाबजारसम्म २४ किमी दूरीमा सडक स्तरोन्नति भएको हो ।

    ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारबाट चाररपाँच वर्षमा आउने बजेटबाट सडक स्तरोन्नति, नाला र कालोपत्रलगायत कार्य एकैसाथ गरिएको हो । दुई जिल्लाका लागि एउटै प्याकेजमा टेण्डर भएपश्चात् काम अघि बढाइएको सडक डिभिजन कार्यालय तनहुँका सब–इञ्जिनियर दीपेन्द्र पन्थले जानकारी दिनुभयो । उहाँका अनुसार सडक साँघुरो र बढी सवारी चाप भएका स्थानलाई प्राथामिकतामा राखी सडकका दायाँबायाँ बिस्तार गरी सवारी आवतजावतमा सहज बनाउन लागिएको हो ।

    गत माघमा निर्माण कम्पनी हिमाली कन्स्ट्रक्सन जेभीले सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाएको थियो । विसं २०८१ असार मसान्तभित्र सम्पन्न गर्नेगरी भ्याटसहित रु आठ करोड १९ लाखमा सो कम्पनीले ठेक्का पाएको थियो । व्यास मार्गअन्तर्गत करिब ७५ प्रतिशत कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीका सुपरभाइजर एवं इञ्जिनियर शैलेस तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार सडक स्तरोन्नति कार्यपश्चात् दुईलेन सडकमा निर्वाधरुपमा सवारी गुड्न सहज भएको छ ।

    “सडक किनारमा नाला भत्किएको स्थानमा मर्मतसम्भार गर्दै नभएको ठाउँमा नाला निर्माण गरिएको छ”, इञ्जिनियर तिमिल्सेनाले भन्नुभयो, “यस मार्गमा रोड मार्किङ र प्रिमिक्स कार्पेटका कार्य बाँकी रहेको छ, वर्षाका कारण नरोकिए समयभित्र काम सम्पन्न हुन्छ ।”

    साथै आँबुखैरेनीको मस्र्याङ्दी नदीबाट गोरखाबजारसम्म निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनी गोरखा साइडका सुपरभाइजर कृष्णप्रसाद लालचनले जानकारी दिनुभयो । दुवै खण्डमा निर्माण तीव्र गतिमा भइरहेकाले सम्झौताअनुरुप काम सम्पन्न हुने अपेक्षा गरिएको डिभिजन सडक कार्यालय तनहुँले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.