सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टिकौली जङ्गलभित्रको राजमार्गमा तीव्र गति र ओभरटेक निषेध


  •    न्युजभित्तो/२८ बैशाख २०८१, शुक्रबार १४:५४ 
  • भरतपुर, २८ वैशाख । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने चितवनको टिकौली जङ्गलमा सवारी साधनलाई तीव्र गति र ओभरटेक गरी सञ्चालन गर्न निषेध गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले हिजोदेखि प्रतिघण्टा ४० किलोमिटरभन्दा बढीको गति र ओभरटेक गरी सवारी साधन सञ्चालन गर्न निषेध गरेको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सुरेश सुवेदीले सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको भन्दै न्यूनीकरणका लागि तीव्र गति र ओभरटेक निषेध गरिएको बताउनुभयो । उहाँले जङ्गल क्षेत्रमा उक्त नियम लागू भएको भन्दै नियमितरुपमा सवारी चालकलाई सचेतना प्रदानसमेत गरिने जानकारी दिनुभयो ।

    हिजो ट्राफिक प्रहरीले गोन्द्राङ चेकपोइन्ट नजिक सवारी साधन रोकेर चालकलाई सचेतना प्रदान गरेको थियो । त्यसक्रममा सवारी चालकले पालना गर्नुपर्ने ट्राफिक नियमको बारेमा पर्चा वितरण गरिएको थियो । ट्राफिक प्रहरीले चालकलाई ट्राफिक नियमसम्बन्धी जानकारी गराउनुका सथै तीव्र गतिमा सवारी साधन नचलाउन अनुरोधसमेत गरेको थियो ।

    “यो सडकमा तीव्र गति र ओभरटेक गरी सवारी चलाएको कारण दुर्घटना धेरै भएको अध्ययनले देखाएको छ”, प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो, “दुर्घटना कम गर्न ओभरटेक नगर्न र प्रतिघण्टा ४० किमीभन्दा बढीको गतिमा सवारी नचलाउन हामीले सवारी चालकलाई सचेतना प्रदान गरेका छौँ ।” उहाँका अनुसार सडक डिभिजनले टिकौली जङ्गलभित्रको राजमार्गमा सेतो सीधा रेखा कोरेको छ । जुन रेखाले ओभरटेक गर्न नहुने सङ्केत गर्छ ।

    ट्राफिक प्रहरीले बेला–बेलामा टिकौली जङ्गलमा राडर गनको प्रयोग गरी सवारी साधनको गति मापन गर्दै आएको प्रनि सेवेदीले जानकारी दिनुभयो । तीव्र गतिमा सवारी चलाउने चालकलाई कारबाही हुँदै आएको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.