सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अवैध बाटोबाट अमेरिका हिँड्दा १० जना बन्धक, तीन जना पक्राउ


  •    न्युजभित्तो/२८ बैशाख २०८१, शुक्रबार १४:५० 
  • काठमाडौँ, २८ वैशाख । केन्यामा ९ महिनासम्म १० जना नेपालीलाई बन्धक बनाएको आरोपमा तीन जना प्रकाउ परेका छन् । अवैध बाटोबाट अमेरिका हिँडेका १० जना नेपालीलाई बन्धक बनाएको आरोपमा तीन जना प्रकाउ परेका हुन् ।

    पक्राउ पर्नेम सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली(१ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका-१ की १९ वर्षीया नीमा शेर्पा रहेका छन् ।

    प्रहरीका अनुसार अवैध बाटोबाट अमेरिका हिँड्दा बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुकै उजुरीको आधारमा ३ जनालाई प्रहरीले प्रकाउ गरेको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको जानकारी दिए ।

    ‘प्रहरीले समात्छ भन्ने लागेपछि गिरोहले बन्धक बनाएका नेपालीलाई पासपोर्ट फिर्ता गरेको देखिन्छ । त्यसपछि पीडितहरु नेपालबाट पैसा मगाएर स्वदेश फर्किएका हुन्’, उनले भने ।

    उनीहरुले अझै पनि १७ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्‍याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको प्रहरीले दाबी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
    ‘आरोग्य वर्ष २०२७’ को पूर्वतयारीका लागि साझा समझदारीमा जोड
    मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्‍याउन आग्रह
    • तनहुँको देवघाट वन डढेलोको उच्च जोखिममा
    • आगलागीपीडित थापामगर परिवारलाई आवास र राहत
    • राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’
    • ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.