अवैध बाटोबाट अमेरिका हिँड्दा १० जना बन्धक, तीन जना पक्राउ
न्युजभित्तो/२८ बैशाख २०८१, शुक्रबार १४:५०
काठमाडौँ, २८ वैशाख । केन्यामा ९ महिनासम्म १० जना नेपालीलाई बन्धक बनाएको आरोपमा तीन जना प्रकाउ परेका छन् । अवैध बाटोबाट अमेरिका हिँडेका १० जना नेपालीलाई बन्धक बनाएको आरोपमा तीन जना प्रकाउ परेका हुन् ।
पक्राउ पर्नेम सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली(१ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका-१ की १९ वर्षीया नीमा शेर्पा रहेका छन् ।
प्रहरीका अनुसार अवैध बाटोबाट अमेरिका हिँड्दा बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुकै उजुरीको आधारमा ३ जनालाई प्रहरीले प्रकाउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईले गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको जानकारी दिए ।
‘प्रहरीले समात्छ भन्ने लागेपछि गिरोहले बन्धक बनाएका नेपालीलाई पासपोर्ट फिर्ता गरेको देखिन्छ । त्यसपछि पीडितहरु नेपालबाट पैसा मगाएर स्वदेश फर्किएका हुन्’, उनले भने ।
उनीहरुले अझै पनि १७ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको प्रहरीले दाबी गरेको छ ।