सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही


  •    न्युजभित्तो/२८ बैशाख २०८१, शुक्रबार १३:०१ 
  • चितवन, २८ वैशाख । पूर्वी चितवनको एग्रोभेटमा खाद्यान्न र पशु औषधि एकै ठाउँमा बिक्री गरेको पाइएको छ । कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका केही एग्रोभेटमा अनुगमनका क्रममा यस्तो पाइएको हो ।

    प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालयले संयुक्तरुपमा गरेको अनुगमनका क्रममा खेतबारीमा हाल्ने विषादी र सहकारीबाट उत्पादित खाद्यान्न सामग्री, विषादीसँगै पशुपन्छीका लागि आवश्यक औषधि एकै ठाउँमा राखेर बिक्री गर्ने गरेको पाइएको केन्द्रका प्रमुख सावित्री बरालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अनुगमनका क्रममा जिल्लामा रहेका अधिकांश एग्रोभेटको नविकरण नभएको, अनुमति प्राप्त व्यक्ति पसलमा नबसी गैरप्राविधिक बस्ने गरेको पाइएको हो । उहाँले भन्नुभयो, “हामीले अनुगमनका क्रममा दुई एग्रोभेट र एउटा सहकारीमा शिल गरेका छौँ, केहीलाई कानुनी कारबाहीका लागि कागजपत्र नियन्त्रणमा लिएका छौँ ।”

    सङ्घीयता कार्यान्वयनमा आएपछि अनुगमन हुन नसक्दा व्यवसायीमा बेथिती बढेको पाइएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा कतिपय एग्रोभेट सञ्चालकले सञ्चालन अनुमति नै नलिइकन सञ्चालन गरेको पाइएको उहाँले जानकारी दिनुभयो । सञ्चालन अनुमतिपत्र नलिई सञ्चालन गरेको सहमति उपभोक्ता सहकारी संस्था पदमपुलाई आजको अनुगमनका क्रममा शिल गरिएको उहाँले बताउनुभयो ।

    सञ्चालकले अनुगमनका क्रममा असहयोग गरेको भन्दै पसलमा सूचना टाँस गरी शिल गरिएको हो । अन्यलाई एग्रोभेटमा बिक्री समय सकिएका विषादी बिक्रीका लागि राखेको पाइएको छ ।

    अनुगमनका क्रममा प्रधान एग्रो र हाम्रो बहुउद्देश्यीय सहकारी संस्थालाई शिल गरिएको थियो । सो अनुगमनका क्रममा कृषकलाई बिक्री गर्ने समय सकिएका र आवश्यक प्रक्रिया नपु¥याएका एग्रोभेटलाई कानुनी कारबाहीका लागि केन्द्रमा बोलाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलसहित केन्द्रका कर्मचारीको सहभागिता रहेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    • साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.