सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने


  •    न्युजभित्तो/२८ बैशाख २०८१, शुक्रबार ११:४० 
  • कैलाली, २८ वैशाख । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित सबै सीमानाका बन्द हुने भएका हुन् ।

    भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा हुन लागेको लोकसभा सामान्य निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

    “यही वैशाख ३१ गते खिरीमा लोकसभा सामान्य निर्वाचन हुँदैछ, मतदान समाप्त नहुँदासम्म नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार भएको छ”, उहाँले भन्नुभयो, “उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज ९शुक्रबार० साँझ ६ बजेदेखि वैशाख ३१ गते मतदान सम्पन्न नहुन्जेलसम्म सीमानाका बन्द हुने छन् ।”

    सुरक्षा संवेदशीलताका कारण सो अवधिमा आवतजावत पूर्णरुपमा बन्द रहने उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी
    छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो
    • मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल
    • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    • कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
    • समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.