सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा ३०० बढी ज्येष्ठ नागरिक र एकल महिला सम्मानित


  •    न्युजभित्तो/२७ बैशाख २०८१, बिहीबार १५:३८ 
  • चितवन, २७ वैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताएकी छन् ।

    भरतपुर वडा नम्बर २५ले गरेको ज्येष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले ज्येष्ठ नागरिकसँग रहेका राम्रा ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्न सके ज्येष्ठ नागरिकप्रतिको सम्मानमा कमी नआउने उल्लेख गरिन् । कार्यक्रममा वडा नम्बर २५ का ३०० बढी ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरिएको छ ।

    हिजोका दुःख संघर्ष अहिलेका पीडितले थाहा नपाउदा अहिलेको पुस्ताले ज्येष्ठ नागरिकलाई गर्ने सम्मानमा कमी आएको उनको भनाइ थियो । आगामी दिनमा ज्येष्ठ नागरिकलाई आदार सम्मान गरी पालपोषण गर्ने छोरा बुहारी, छोराछोरीलाई यस्तै कार्यक्रम आयोजना गरी सम्मान गर्नुपर्ने उनले बताइन् । ‘नेपालमा पनि बुवा–आमालाई अहिले पनि भगवानकै ठाउँमा राखेर पुज्नेहरु छन्’ मेयर दाहालले भनिन् । तर, केही व्यक्तिले भने वृद्ध बुवाआमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुःखद भएको उनले बताइन् । बुबा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उनको भनाइ छ ।

    ‘मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत १६ हजार बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण भएको छ’,उनले भनिन्,‘अब घर–घरमै पुगेरसम्बन्धित रोगको औषधि बितरण गर्नेछौ । यो नै महानगरको ज्येष्ठ नागरिकप्रतिको सम्मान हो ।’ ज्येष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न सामाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उनले बताइन् । ज्येष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गरिन् ।
    बुवा–आमालाई हेला–होचो गर्ने अवस्थालाई न्यूनीकरण गरी सबै घरमा खुसीयाली ल्याउन महानगरपालिकाले प्रयास गरिरहेको उनले औल्याए । समाजमा देखिएका गलत सोच र विकृतिलाई निरुत्साहित गर्दै सुन्दर र सुसंस्कृत सहर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने प्रमुख दाहालको भनाइ थियो ।

    कार्यक्रममा भरतपुर २४ नम्बरका अध्यक्ष रामु गोदार, वडा नम्बर २५ का अध्यक्ष छविलाल सापकोटा, प्रभात माविका प्रधानध्यापक होमनाथ भण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    • साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.