सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर


  •    न्युजभित्तो/२७ बैशाख २०८१, बिहीबार १३:५२ 
  • पर्सा, २७ वैशाख । वीरगञ्जको घण्टाघरसँगै रहेको खुल्ला हाट बजारमा आउने सर्वसाधारणले खुला शौच गर्ने बानीले रेल्वे माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा मनोवैज्ञानिक असर पारेको छ । हाट बजार क्षेत्रमा आउने सर्वसाधारण, व्यापारी तथा सवारीचालक विशेषगरी पुरुषहरुले विद्यालयको अगाडीको भागतर्फ फर्केर खुल्ला शौच गर्दा विद्यालयमा अध्ययनरत छात्रछात्रा र शिक्षकरशिक्षिकामा पनि नकारात्मक असर पार्दै आइरहेको छ । खुला हाटबजारबाट विद्यालय पश्चिम दिशामा अवस्थित छ ।

    हाटबजारको एक मिनेटकै दुरीमा सार्वजनिक शौचालय नभएको पनि होइन । तर, जनचेतनाको अभाव र मनलाग्दी ढङ्गले शौच गर्ने प्रवृत्तिकै कारणले कलिला उमेरका बालबालिकामा मनोवैज्ञानिक असर पार्ने गरेको हो । रेल्वे माध्यमिक विद्यालयका प्रधानाध्यापक ९प्रअ० प्रभुप्रसाद रौनियारले हाट बजारमा आउने सर्वसाधारणले विद्यालयतर्फ फर्किएर शौच गर्दा बालबालिकामा नराम्रो असर पार्दै थालेको बताउनुहुन्छ । ‘‘हाटबजारमा आउनेहरुले विद्यालयतर्फ फर्किएर शौच गरिरहेको दृश्य देख्दा लाजैमर्दो अवस्था हुने गर्छ,’’ उहाँले भन्नुभयो, ‘‘विद्यालयको पर्खाल होचो भएकाले पनि शौच गरिरहेको दृश्य नचाहेर पनि देख्नुपर्ने बाध्यता छ । यो समस्याको विषयमा सम्बन्धित निकायमा मौखिक जानकारी गराउँदै आइरहेको छु ।’’ विद्यालयमा साढे ६ सय भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।

    प्रअ रौनियारले कलिला उमेरका बालबालिकालाई यस्ता खालका दृश्यले मनोवैज्ञानिक असर पार्न सक्ने बताउनुहुन्छ । यो विद्यालय वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा पर्दछ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले बजारमा आउनेले खुला शौच गर्दा विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकमा असर पार्दै आइरहेको बताउनुभयो । ‘‘खुला तरकारी बजारमा आउनेले खुला शौच गर्ने विषयमा बारम्बार नगर कार्यपालिकाको बैठकमा आवाज उठाउँदै आइरहेको छु । यसलाई व्यवस्थित गर्न जरुरी भइसकेको छ ।’’

    उहाँले भन्नुभयो,‘‘सो समस्या समाधानको लागि विद्यालय प्राङ्गणमा अग्लो खालको पर्खाल लगाउनुपर्ने देखिन्छ । त्यसो गर्न नसकिने हो भने बजारमा खुला शौच गर्न रोक लगाउन जरुरी भइसकेको छ ।’’ वडाध्यक्ष गुप्ताले जभाभावी रुपमा विद्यालयतर्फ फर्किएर शौच गर्दा छात्रा र शिक्षिकालाई अझै धेरै अप्ठ्यारो परिरहेको बताउनुभयो । ‘‘वडासँग पर्याप्त बजेट नभएकाले पनि सो समस्या समाधान गर्न सकेका छैनौँ,’’ उहाँले भन्नुभयो,‘‘अब यो समस्याको विषयमा गम्भीर भएर समाधान गर्नेतर्फ अग्रसर हुनेछौँ ।’’

    वडाध्यक्ष गुप्ताले आफू जनप्रतिनिधि भएर आएसँगै प्रत्येक वर्ष विद्यालयको लागि बजेट विनियोजन गर्दै आइरहेको पनि दावी गर्नुभयो । ‘‘पहिलो वर्ष विद्यालयको छानो र सिँढी संरचना बनाउन तीन लाख बजेट उपलब्ध गराएका थियौं,’’ उहाँले भन्नुभयो, ‘‘यो वर्ष पनि विद्यालय प्राङ्गणमा नाली निर्माण गर्न रु पाँच लाख बजेट विनियोजन भएको छ । सो बजेटले अहिले निर्माणसम्बन्धी काम हुँदै छ ।’’

    बजारक्षेत्रसँगै जोडिएर सार्वजनिक शौचालय पनि छ । सो सार्वजनिक शौचालयमा शौच गर्ने मूल्य धेरै भएको प्रयोगकर्ताको गुनासो छ । सो सार्वजनिक शौचालयमा पिसाब फेरेको रु १०, दिसा गरेको १५ र नुहाउनेका लागि रु ४० तोकिएको छ ।

    वडाध्यक्ष गुप्ताले सार्वजनिक शौचालयको मूल्य बढी र सर्वसाधारणमा जनचेतनाको अभावकै कारणले खुला शौच गर्दै आइरहेको बताउनुभयो । ‘‘हामीले खुला दिसामुक्त क्षेत्र भनेका छौँ । तर जथाभावी दिसापिसाबले सहरलाई नै दुर्गन्धित बनाइरहेको छ ।’’

    महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले जथाभावी रुपमा शौच गर्नेलाई नियन्त्रण गर्न कर्मचारी खटाएर सुधार्न खोजिरहे पनि पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको बताउनुभयो । ‘‘हामीसँग कर्मचारी अभावको कारणले २४ सै घण्टा कर्मचारी खटाउन सक्ने अवस्थामा छैनौँ । महानगरले बेलाबेलामा बजार व्यवस्थापन गर्ने टोलीसँग पनि खुला शौच नियन्त्रण गर्न निर्देशन दिँदै आइरहेका छौँ ।’’ शाखा प्रमुख मियाँले अव्यवस्थित रुपमा सञ्चालन हँुदै आएको हाटबजारलाई हटाएर पार्क बनाउने योजना रहेको पनि बताउनुभयो । ‘‘अहिले अव्यवस्थित रुपमा राखेको हाट बजार हटाउने क्रममा छौँ । एक महिनाभित्रै हटाउनेछौं,’’ उहाँले भन्नुभयो ‘‘यस अघि एक पटक मेयरसाबले पनि हटाउने पहल गर्नुभएको थियो । तर, विभिन्न अवरोधले अघि बढ्न सकेन ।’’ रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.