सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँः मन्त्री शर्मा


  •    न्युजभित्तो/२६ बैशाख २०८१, बुधबार १६:५५ 
  • काठमाडौँ, २६ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई नै अल्पमतमा पार्ने प्रावधान राखेर विधेयक अघि बढाउन नहुने सुझाव दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा उहाँले सो सुझाव दिनुभएको हो ।

    मन्त्री शर्माले भन्नुभयो, “संवैधानिक परिषद्मा बैठक सञ्चालनका लागि उपस्थित आवश्यक न्यूनतम सङ्ख्याका विषयमा प्रधानमन्त्रीलाई नै असहज गर्ने प्रावधान राख्दा अप्ठेरो हुन्छ, प्रधानमन्त्रीसहितको सहमतिमा अघि बढ्ने विषयमा छलफल गरेर जाऔँ ।” उहाँले संवैधानिक परिषद् विधेयकमा छिट्टै निकास निकाली आगामी संसद्को अधिवेशनमा पेस गर्ने हिसावले अघि बढन समितिलाई सुझाव दिनुभयो । उक्त विधेयकमाथि विगतमा लामो छलफल भएको र अधिकांश विषयमा सहमति भइसकेकाले बाँकी केही महत्वपूर्ण विषयमा शीर्ष तहमा छलफल गरी आगामी बैठकमा टुङ्ग्याउने सहमति भएको छ ।

    बैठकमा सदस्यहरुले यसअघिका विधेयक सर्वसम्मतिमा पारित गरिँदै आएको इतिहास सुनाउँदै प्रस्तावित विधेयक पनि दलहरुबीच सहमति कायम गरी आगामी संसद्को अधिवेशनबाट टुङ्ग्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । दलहरुबीच सहमतिको प्रयास गरिँदा ऐन देख्दा ठीक र अभ्यासमा पनि व्यावहारिक हुनुपर्ने उल्लेख गर्दै उहाँहरुले बैठकमा अनुपस्थित हुने अवस्था अन्त्य र उपस्थितिलाई प्रोत्साहन गर्ने गरी विधेयकलाई गुणस्तरीय तुल्याउन सुझाव दिनुभयो ।

    केही सदस्यले भने समितिमा प्रवेश पाएका विधेयकको जिम्मेवारी पूरा गर्न कार्यतालिका बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रत्येक सरकारले संवैधानिक परिषद्लाई आफ्नो हितअनुकूल बनाउने प्रयासले गलत कार्य भएको भनी केही सदस्यले आक्रोश पोख्दै संवैधानिक परिषद्बाट हुने निर्णय र जिम्मेवारी प्राप्त गर्ने व्यक्तिको योग्यता र क्षमतामा प्रश्न उठ्नु नहुने खालको हुनुपर्छ भन्नुभयो ।

    मुख्य जिम्मेवारी विधेयकमाथि छलफल गर्ने र टुङ्ग्याने विषयलाई बेवास्ता गरिँदा जनतामा सांसदप्रति नकारात्मक टिप्पणी भइरहेको विषयलाई गम्भीरताका साथ लिएर काम गर्नुपर्ने केही सदस्यले आवश्यकता औँल्याउनुभयो । समितिमा हाल चार विधेयक रहेको बताइएको छ । सरकारले संवैधानिक परिषद्को बैठक बोलाउने कार्यविधि, बैठक सञ्चालन, बैठकका लागि आवश्यक रहने गणपूरक सङ्ख्या समतिका विषयमा संशोधन गर्ने मात्र ध्येयले विधेयक ल्याएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धनुषा-३ मा रास्वपाका झा अग्रस्थानमा
    कैलालीका दुई क्षेत्रमा नेकपा, एकरएक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
    प्रतिनिधिसभा सदस्य निर्वाचनः हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी
    • मनाङमा मतगणना सुरु
    • धादिङ-१ मा रास्वपाको अग्रता
    • मुस्ताङमा कांग्रेसका गौचन निर्वाचित
    • रुपन्देही, २ मा रास्वपाका खरेल भारी मतले अगाडि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.