सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन


  •    न्युजभित्तो/२६ बैशाख २०८१, बुधबार १६:११ 
  • काठमाडौँ, २६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गर्नुभएको छ । उहाँले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिनुभयो ।

    समाज कल्याण परिषद्अन्तर्गत सञ्चालित भृकुटीमण्डप खुला बजार कुनै पनि बेला जोखिममा पर्न सक्ने मन्त्री चौधरीले बताउनुभयो । उहाँले कसरी हुन्छ बजार व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिनुभयो । मन्त्री चौधरीले यसका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो । भृकुटीमण्डपको संरचनालाई सेमी पर्मानेन्ट बनाउने प्रक्रिया अगाडि बढाउन समेत उहाँले परिषद्लाई निर्देशन दिनुभयो ।

    “भृकुटीमण्डप प्रदर्शनी हल जीर्ण छ, यो हलको पुनः निर्माण, स्तरोन्नति गर्न आवश्यक छ”, मन्त्री चौधरीले भन्नुभयो, “भाडा नतिर्नेहरुसँग उठाउनेबारे योजना बनाएर काम गर्नूहोस् ।”

    सो अवसरमा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका सबै जीर्ण संरचना व्यवस्थित बनाइने मन्त्री चौधरीलाई अवगत गराउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    • साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.