सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अदालत र आयोगका क्रियाकलाप गम्भीरताका साथ हेरेको छुः देउवा


  •    न्युजभित्तो/२६ बैशाख २०८१, बुधबार १२:३८ 
  • पोखरा, २६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगका क्रियाकलाप गम्भीरताका साथ हेरिरहेको बताएका छन् ।

    बुधबार बिहान गण्डकीका कांग्रेस सांसदहरूसँगको भेटमा देउवाले कम्युनिस्टहरू सत्ता कब्जाको शैलीमा अगाडि बढेको बताए । त्यसमा संवैधानिक निकाय, आयोगको भूमिकालाई नजिकबाट नियालिरहेको बताए ।

    गत आइतबार गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदा उनको पक्षमा परेको ३० मतलाई नै सभामुख कृष्णप्रसाद धितालले बहुमत घोषणा गरिदिएका थिए । त्यसका विरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका छन् । रिटको पेसी बिहीबारलाई तोकिएको छ ।

    गण्डकीमा देखिएको असंवैधानिक कदमको बारेमा सांसदहरूले सभापति देउवालाई भेटेर ब्रिफीङ गरेका थिए । सांसदहरूको कुरा सुनेपछि देउवाले उक्त प्रतिक्रिया दिएका हुन् । “सर्वोच्च अदालत र निर्वाचन आयोगले गरेका पछिल्ला कार्यलाई कांग्रेसले गम्भीरताका साथ हेरेको छ,” देउवाको भनाइ उद्धृत गर्दै सांसद डिल्लीराम सुवेदीले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.