सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अदालत र आयोगका क्रियाकलाप गम्भीरताका साथ हेरेको छुः देउवा


  •    न्युजभित्तो/२६ बैशाख २०८१, बुधबार १२:३८ 
  • पोखरा, २६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगका क्रियाकलाप गम्भीरताका साथ हेरिरहेको बताएका छन् ।

    बुधबार बिहान गण्डकीका कांग्रेस सांसदहरूसँगको भेटमा देउवाले कम्युनिस्टहरू सत्ता कब्जाको शैलीमा अगाडि बढेको बताए । त्यसमा संवैधानिक निकाय, आयोगको भूमिकालाई नजिकबाट नियालिरहेको बताए ।

    गत आइतबार गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदा उनको पक्षमा परेको ३० मतलाई नै सभामुख कृष्णप्रसाद धितालले बहुमत घोषणा गरिदिएका थिए । त्यसका विरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका छन् । रिटको पेसी बिहीबारलाई तोकिएको छ ।

    गण्डकीमा देखिएको असंवैधानिक कदमको बारेमा सांसदहरूले सभापति देउवालाई भेटेर ब्रिफीङ गरेका थिए । सांसदहरूको कुरा सुनेपछि देउवाले उक्त प्रतिक्रिया दिएका हुन् । “सर्वोच्च अदालत र निर्वाचन आयोगले गरेका पछिल्ला कार्यलाई कांग्रेसले गम्भीरताका साथ हेरेको छ,” देउवाको भनाइ उद्धृत गर्दै सांसद डिल्लीराम सुवेदीले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    • साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.