धनगढी, २५ वैशाख । कञ्चनपुरमा सेप्टिक ट्यांकीमा खसेका एक बालकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ३ चित्रपुरका करिब डेढ वर्षीय बालक लिवन रानाको मृत्यु भएको हो।
उनी सोमबार मध्याह्न सेप्टिक ट्यांकीमा खसेर डुबेका थिए।
अचेत अवस्थामा भेटिएका बालकलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको थियो। प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेको बताए ।