सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटकलाई अनावश्यक हैरानी दिएर अभद्र व्यवहार गर्ने पाँचजना पक्राउ


  •    न्युजभित्तो/२५ बैशाख २०८१, मंगलवार ११:२९ 
  • पोखरा, २५ वैशाख । पर्यटकलाई हैरान पारेको आरोपमा पोखराबाट पाँच जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुमार शर्माका अनुसार सोमबार पोखरा महानगरपालिका–६ लेक साइड र हल्लन चोक क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्।

    पोखरा महानगरपालिका–६ डिहिकोपाटनका २६ वर्षीय सन्तोष श्रेष्ठ, लालुपाते मार्गका २५ वर्षीय मीनप्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, खहरे चोकका २५ वर्षीय सुशान्त क्षेत्री र २५ वर्षीय अमित भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

    उनीहरूले लेकसाईड र हल्लन चोक क्षेत्रमा नेपाली तथा विदेशी पर्यटकलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटेल मिलाइदिने भन्दै झोला तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक हैरानी दिएर अभद्र व्यवहार गरेको प्रहरीले बताएको छ।

    उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान चलिरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.