हिजाेकाे वर्षाले डढेलो निभ्न थाल्यो, आज तीन प्रदेशमा वर्षाको सम्भावना
न्युजभित्तो/२४ बैशाख २०८१, सोमबार ११:५९
काठमाडौं, २४ वैशाख । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा डढेलो निभेको हो । तर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने डढेलो कायमै छ ।
हिजो कोशी, गण्डकी र बाग्मती प्रदेशका केही ठाउँमा पानी परेको थियो । पानी परेका ठाउँमा डढेलो निभेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडासैनीले जानकारी दिए । उनकाअनुसार हिजोभन्दा आज धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।
कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिए । बाँकी ठाउँमा पनि हल्का पानी पर्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुका कारण हिजोदेखि पानी पर्न थालेको हो ।