सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपाले भन्यो: खगराज अधिकारीलाई भोट हाल्दैनौँ


  •    न्युजभित्तो/२३ बैशाख २०८१, आईतवार १६:४५ 
  • पोखरा, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत मागेपछि राप्रपा दलका नेता पञ्चराम गुरुङले विश्वासको मत नदिने बताएका हुन् ।

    ‘यो गठबन्धन पवित्र छैन भन्ने बुझाई छ । तसर्थ आजको विश्वासको मतमा राप्रपाले मत दिन नसक्ने जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘केन्द्रीय सत्ता गठबन्धनलाई हेर्ने हो भने जनताको भावना विपरीत चलेको छ । तथानाम गाली र आरोप गरिरहेका छन् ।’

    उनले अहिलेको सत्ता राजनीति कुनै एउटा मात्रै दलले चलाउन नसक्ने बताए । ‘कुनैपनि एक दल वा पार्टीलाई मात्रै सरकार चलाउन सक्ने अधिकार जनताले दिएका छैनन् । दलहरूले प्राप्त गरेको मतलाई अध्ययन गर्ने हो भने मिश्रित सरकार चल्नुपर्छ,’ उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.