सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपाले भन्यो: खगराज अधिकारीलाई भोट हाल्दैनौँ


  •    न्युजभित्तो/२३ बैशाख २०८१, आईतवार १६:४५ 
  • पोखरा, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत मागेपछि राप्रपा दलका नेता पञ्चराम गुरुङले विश्वासको मत नदिने बताएका हुन् ।

    ‘यो गठबन्धन पवित्र छैन भन्ने बुझाई छ । तसर्थ आजको विश्वासको मतमा राप्रपाले मत दिन नसक्ने जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘केन्द्रीय सत्ता गठबन्धनलाई हेर्ने हो भने जनताको भावना विपरीत चलेको छ । तथानाम गाली र आरोप गरिरहेका छन् ।’

    उनले अहिलेको सत्ता राजनीति कुनै एउटा मात्रै दलले चलाउन नसक्ने बताए । ‘कुनैपनि एक दल वा पार्टीलाई मात्रै सरकार चलाउन सक्ने अधिकार जनताले दिएका छैनन् । दलहरूले प्राप्त गरेको मतलाई अध्ययन गर्ने हो भने मिश्रित सरकार चल्नुपर्छ,’ उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.