सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटलाई पवित्र तीर्थस्थल घोषणा गर्न माग


  •    न्युजभित्तो/२३ बैशाख २०८१, आईतवार १६:३८ 
  • तनहुँ, २३ वैशाख । तनहुँको देवघाटलाई नेपालकै पवित्र तीर्थस्थल घोषणा गरी पर्याप्त बजेट विनियोजन गर्न माग गरिएको छ । देवघाटका जनप्रतिनिधि, स्थानीयवासी र राजनीतिक दलका प्रतिनिधिले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई भेटेर देवघाटलाई मुलुककै पवित्र धार्मिकस्थलको रुपमा घोषणा गर्न माग गरेका हुन् ।

    देवघाटधाम विश्वका हिन्दू धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास भइरहेकाले यस ठाउँलाई धार्मिक तीर्थस्थलको घोषणा गर्नुपर्ने माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० देवघाट गाउँ कमिटीका अध्यक्ष केशवचन्द्र न्यौपानेले देवघाटधामको विकासका लागि आवश्यक बजेट व्यवस्थापनका लागि केन्द्र सरकारलाई पहल गरिदिन मुख्यमन्त्रीलाई भेटेर आग्रह गरिएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “यस स्थानमा रहेका पुराना मठमन्दिर, मणिमुकुन्देश्वर चक्रवर्ती मन्दिर, सिन्च्याङगढी, प्याउलीगढी, घण्टाचुली, भर्जन कालिका माई मन्दिरको संरक्षण गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि बजेट व्यवस्थापनका लागि सङ्घीय सरकारसँग पहलका लागि आग्रह गरेका छौँ ।”

    उक्त टोलीले देवघाटका विभिन्न विकासका आयोजनाका लागि आगामी बजेटमा स्रोत सुनिश्चित गरिदिन आग्रह गरेको छ । न्यौपानेका अनुसार गाइघाट जोड्ने त्रिशूली नदीमाथि पक्की पुल निर्माण, देवघाटको साराङघाटमा सेतीनदीमाथि पक्की पुल, देवघाटको प्रवेशद्वारमा रहेको झोलुङ्गे पुल आसपास पक्की पुल निर्माणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरिएको छ ।

    भरतपुर महानगरपालिका–२९ भतेरी र देवघाट गाउँपालिका–५ भुवनटारमा शिलान्यास भइसकेको झोलुङ्गे पुल अलपत्र रहेकाले त्यसलाई पूरा गराउनका लागि आवश्यक बजेट विनियोजन गर्न, बृहत् त्रिशूली नदी दासढुङ्गा सिँचाइ आयोजनाका लागि बजेट व्यवस्थापन गर्न, कालीगण्डकी लिफ्ट सिँचाइ योजनामा बजेट व्यवस्थापन गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

    साथै मदन आश्रित बहुआयामिक उद्यान, मुग्लिन देवघाट वैकल्पिक राजमार्गका रुपमा डिपिआर भएको सडकलाई आवश्यक बजेट, दासढुङ्गा बगन्दी हुँदै गाइघाटसम्मका नयाँ बाटोको ट्रयाक खोल्न, गाइघाट सिन्च्याङ काफलडाँडा भिरकोट सिर्जना मार्गको स्तरोन्नति, देवघाट साउने कर्ताब जोडने फाष्टट्रयाक कार्यलाई निरन्तरता दिन, दासढुङ्गादेखि माथिल्लो कालीमाटी हुँदै मधुवन चोकसम्मको अधुरो कालोपत्र पूरा गराउन आवश्यक बजेटका लागि ध्यानाकर्षण गराइएको न्यौपानेले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.