सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी


  •    न्युजभित्तो/२३ बैशाख २०८१, आईतवार १४:३४ 
  • बाँके, २३ वैशाख । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा रु ७० करोडभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ ।

    विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा रु ७० करोडको जडिबुटी निकासी भएको नेपाल जडिबुटी व्यवसायी सङ्घले जनाएको छ । जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माका अनुसार निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको कठिनाइका कारण व्यवसायीले नौ महिनामा रु ७० करोडको जडिबुटी निकासी गर्न सफल भएका छन् ।

    नेपाली जडिबुटीप्रति भारतको झन्झटिलो प्रक्रिया र नेपाल सरकारको अस्पष्ट नीतिका कारण जडिबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षदेखि पुनः उकालो लाग्ने सङ्केत देखिन थालेको अध्यक्ष शर्माले बताउनुभयो ।

    नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८०र८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट रु ७० करोड ६२ लाख ३५ हजार मूल्य बराबरको २८ लाख पाँच हजार आठ सय ३९ किलोग्राम विभिन्न जडिबुटी निकासी भएको हो । गत आव २०७९र८० को चैत मसान्तसम्म यो नाकाबाट रु ७० करोड ९६ लाख १० हजार मूल्यको जडिबुटी निकासी भएको थियो ।

    कर्णाली प्रदेशलगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज प्रमुख ट्रान्जिट हो । नेपालगञ्ज हुँदै भारतलगायत विभिन्न देशमा जडिबुटी निकासी हुँदै आएको छ । यो नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ । औषधि, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेस्रो मुलुकमा पनि निर्यात भइरहेको नेपाल जडिबुटी व्यवसायी सङ्घले जनाएको छ ।

    कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा त्यहाँबाट खरिद गरी व्यवसायीले विदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडिबुटी व्यवसायीले विगत केही वर्षदेखि विभिन्न झन्झट बेहोर्नुपरेकाले समस्या हुँदै आएको जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष शर्माले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.