ललितपुरमा आगलागी हुँदा बालबालिकासहित एकै परिवारका ५ जना घाइते
न्युजभित्तो/२३ बैशाख २०८१, आईतवार १२:१०
काठमाडौँ, २३ वैशाख । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । आइतबार बिहान करिब १० बजे ललितपुर महानगरपालिका वडा नम्बर १७ बाफलस्थित टहरामा आगलागी भएको हो। आगलागीमा एकै परिवारका पाँच जना घाइते भएका छन् । घाइतेहरू पाँचै जनालाई किष्ट अस्पतालमा लगिएको छ।
आगलागीमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार टिनले छाएको टहरोभित्र मोबिल राखेको ठाउँमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन्। आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकलको प्रयोग गरिएको छ।