सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

छोरालाई सुहाउँदो बुहारी बनाउन महिलाले ११ वर्षिया बालिकालाई अपहरण गरेपछि…


  •    न्युजभित्तो/२० बैशाख २०८१, बिहीबार १५:०९ 
  • बेइजिङ, २० वैशाख । चीनमा एक महिलालाई जेल चलान गरिएको छ । आफ्नो २७ वर्षका छोराका लागि योग्य हुने बुहारी बनाउन महिलाले ११ वर्षिय बालिका अपहरण गरेकी थिइन् । सन् २०२३ मा चीनको दक्षिण पश्चिममा रहेको कुइचाउन प्रान्तको लिउपान्शुईमा रहेको एक गाउँमा जाँदा याङ थरकी ती महिलाले नाबालिगलाई भेटेकी थिइन् ।

    ती बालिकालाई आफ्नो जेठो छोराका लागि सुहाउँदो बेहुली बनाउन सक्छु भन्नेमा विश्वस्त भएपछि महिलाले बालिकाको मातापितालाई युनान प्रान्तको कुचिङमा आफ्नो साथ बालिकालाई लैजान अनुमति मागिन् । तर बालिकाको मातापिताले सोको अनुमति दिएनन् ।

    त्यसपछि महिला बालिका अपहरण गर्ने योजनाका साथमा अगाडि बढिन् । आफ्ना २७ वर्षिय छोरासँग मिलेर उनले बालिका अपहरण गरिन् । यसका लागि दुबैले फेब्रुअरी १४ सम्म कुरे । त्यो दिन बालिका घरमा एक्लै थिइन् ।

    बालिकालाई अपहरण गरेर उनीहरुले युनानस्थित आफ्नो घरमा ल्याए । तर अपहरण गरेको ६ दिनमा याङ पक्राउ परिन् । त्यसको ४ दिनपछि उनको छोराले प्रहरीसामु आत्मसमर्पण गरे । गएको वर्ष डिसेम्बर १५ मा दुबैलाई नाबालिगलाई अपहरण गरेको कसुरमा जेल सजाय सुनाइयो ।

    याङलाई २ वर्षको जेल सजाय दिइयो भने उनको छोरालाई ७ महिनाको जेल सजाय सुनाइयो । सजायको विरुद्धमा याङको आमाछोरा पुनरावेदन अदालतमा गएका थिए । तर अदालतले सजाय यथावत् राखिदियो । यो मामिला र अदालतले सुनाएको सजायमाथि चिनियाँ सामाजिक सञ्जालमा व्यापक रोष देखिएको छ । नाबालिग अपहरणको मामिलामा कम सजाय दिइएको र यसले अपराधीलाई उक्साउने भन्दै केहीले आलोचना गरेका छन् । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.