सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डढेलो नियन्त्रणका लागि समुदायस्तरमा सचेतना


  •    न्युजभित्तो/१८ बैशाख २०८१, मंगलवार १४:५६ 
  • तनहुँ, १८ वैशाख । बन्दीपुर गाउँपालिकामा समुदायस्तरमा डढेलो नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । पछिल्लो समय जिल्लाभर डढेलोको प्रकोप बढ्दै गएकाले नियन्त्रणका लागि समुदायस्तरसम्म पुगेर सर्वसाधारणलाई सचेतना प्रदान गर्न थालिएको हो ।

    बन्दीपुर गाउँपालिकाले सोमबार पौवामा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरेको छ । डढेलो लगाउने क्रम बढेकाले यसलाई नियन्त्रणका लागि स्थानीयवासी चनाखो बन्नुपर्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । त्यसक्रममा उहाँले डढेलोेले पु¥याउने क्षति, नियन्त्रणमा स्थानीयले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनुभएको छ ।
    सोही कार्यक्रममा नेपाली सेनाको रुरु भैरव दल गणका गणपति प्रमुख सेनानी हिमाचल जङ शाहले हरियो वन नेपालको धन भन्ने भनाइलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउँदै वन्यजन्तु र रुखबिरुवाको माया गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक कमल पोख्रेलले डढेलोका बेला अपनाउनु पर्ने सावधानी र डढेलो लगाउनेलाई हुने कानुनी कारवाहीको व्यवस्थामा बारेमा जानकारी गराउनुभयो ।

    उक्त वडाको थानीमाइमा डढेलोका कारण आठ सय बिरुवा नष्ट भएको स्थानीयवासी सनदकुमार श्रेष्ठले बताउनुभयो ।

    जिल्लामा चालु आर्थिक वर्षमा एक सय १७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार हालसम्म २३ सामुदायिक वनमा डढेलो लागेको छ ।
    डिभिजन वन कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार व्यास नगरपालिकास्थित साउनेपानी, बन्दीपुरस्थित पुरानकोट, ऋषिङस्थित जलुके कदमपानी, शुक्लागण्डकीस्थित सिमलचौर, देवघाटस्थित सोलीघोप्टे, साँढेबगर, म्याग्देस्थित मडुवा, व्यासस्थित सुन्दर, ठूलो, म्याग्देस्थित सिद्धबतासन सामुदायिक वनमा डढेलो लागेको छ ।
    यस्तै म्याग्देस्थित बाङ्गेसाल, जुरेथुम्की, व्यासस्थित सिद्धबराह, दु्रपता, भण्डारीपाखा, मुरलीभञ्ज्याङ, घिरिङस्थित जनकल्याण, भिमादस्थित शिवशक्ति, ऋषिङस्थित गुम्लेक, ज्वालादेवी र बन्दीपुरस्थित पुरानोकोट सामुदायिक वनमा आगलागी भएको छ ।

    डढेलो नलगाउनका लागि सचेतनामूलक कार्यक्रम, प्रचारप्रसार गरिएपनि नियन्त्रणमा ल्याउन नसकिएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गर्दै आएका छौ, तर स्वयं व्यक्ति सचेत नभएसम्म यसलाई पूर्णरुपमा रोकथाम गर्न सकिएको छैन ।” उहाँका अनुसार सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।

    जिल्लाको ८२ हजार ५ सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश वटा स्थानीय तहमा ६ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन, ६ धार्मिक वन छन् ।
    डढेलोबाट भुइँमा झरेको रुखको बीउ डढेर उम्रन नपाउने, लाथ्रा अवस्थाको वनमा डढेलो लागेमा रुखमा धोद्रो हुने, डढेलोले वनमा भएको जैविक विविधतामा ह्रास आउने, वन्यजन्तुको वासस्थान विनाश भई त्यसको संरक्षण र विकासमा बाधा पुग्ने र वनमा लागेको आगो नजिकको गाउँघरमा सरी धनजनको क्षति हुने जोखिम बढ्ने बताइन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.