सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनाङमा लुलुगाई मारेको आरोपमा तीन पक्राउ


  •    न्युजभित्तो/१८ बैशाख २०८१, मंगलवार ११:५७ 
  • मनाङ, १८ वैशाख । यहाँ लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले लुलुगाई हत्या आरोपमा निजहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पाको काकोट गाउँपालिका–९ का ५० वर्षीय धोर्जे गुरुङ, गोरखाको आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय सोमबहादुर गुरुङ र ५८ वर्षीय माहिला गुरुङलाई नियन्त्रणमा लिइएको छ । उनीहरू ङिस्याङमा ज्याला मजदुरी गर्दै आएका छन् ।

    उनीहरुले आइतबार साँझ डिस्याङ–६ माथिल्लो मनाङमा ढुक्टा गुरुङको लुलु प्रजातिको गाईलाई कामीबहादुर गुरुङको घरमा लगेर मासु खाने प्रयोजनका लागि हत्या गरेको जानकारी आएपछि खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक कारबाही गरिनेछ ।” लुलुगाई लोपोन्मुख अवस्थामा रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.