जोमसोम, १७ बैशाख । मुस्ताङमा अवैध घरेलु मदिरा नष्ट गरिएको छ। म्याग्दी हुँदै अवैध रुपमा मुस्ताङतर्फ ल्याउँदै गरिएको घरेलु मदिरा म्याग्दी र मुस्ताङको सीमा नाका घाँसामा प्रहरीले नष्ट गरेको हो।
चालु आर्थिक वर्ष २०८०र०८१ को साउनदेखि वैशाख १६ गतेसम्म ७ पटक गरी म्याग्दी हुँदै मुस्ताङतर्फ ल्याउँदै गरिएको ३५० लिटर अवैध घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए।
म्याग्दी र मुस्ताङको सीमाक्षेत्र घाँसामा म्याग्दी हुँदै विभिन्न सवारी साधनमा लुकाईछिपाई विभिन्न व्यक्तिहरूले अवैध घरेलु मदिरा ल्याउने गरेको प्रनाउ पाण्डेयले बताए। अवैध घरेलु मदिरा र मासुजन्य पदार्थहरूको निगरानी गरी आवश्यक प्रक्रिया पुगे नपुगेको प्रमाणित भएपछि मात्र यसप्रकार सामग्री ल्याउन अनुमति दिने गरिएको छ।
यसैगरी नेपाल-चीन उत्तरी कोरला नाकाबाट ल्याइएको अवैध ३२ कार्टुन मदिरा सीमा क्षेत्रमा खटिएका संयुक्त सरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनराज पन्तले सीमा नाकाबाट व्यापारिक प्रयोजनका लागि अवैध मदिरा ल्याउने गरेको सूचना पाएपछि चीनबाट ल्याइएका मदिरा त्यहाँ खटिएका सुरक्षाकर्मीले बरामद गरेको बताए।
चीनबाट कोरलानाका हुँदै ल्याइएको मदिरा गुणस्तर मापन गर्न प्रयोगशालामा पठाइएको र खान योग्य भएमा अन्तशुल्क अनुमतिसहित अन्तःशुल्क स्टीकरण लगाएर बेच्न पाईने प्रजिअ पन्तले जानकारी दिए। ल्याब परीक्षण ठिक भएमा लिलाम गरी अन्तःशुल्क लिएर सम्बन्धित व्यक्तिलाई बेच्न दिइने र ल्याब फेल भएमा नष्ट गरिने प्रजिअ पन्तको भनाइ छ।