सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘लो भोल्टेज’का कारण सुर्खेतका कोल्डस्टोर सञ्चालनमा कठिनाइ


  •    न्युजभित्तो/१७ बैशाख २०८१, सोमबार १४:३१ 
  • सुर्खेत, १७ वैशाख । कर्णाली प्रदेश सरकारले कृषि उत्पादन भण्डारणका लागि सुर्खेतका विभिन्न ठाउँमा चिस्यान घर निर्माण गरी सञ्चालनमा ल्याएको छ । सुर्खेतमा तीन स्थानीय तहमा पाँच वटा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

    यसअघि तीन वटा चिस्यान केन्द्र रहेको सुर्खेतमा पछिल्लो समय थप दुईवटा चिस्यान केन्द्र सञ्चालनमा आएसँगै चिस्यान केन्द्रको सङ्ख्या पाँच पुगेको छ । सुर्खेतका तीन पालिका गुर्भाकोट, भेरीगङ्गा, लेकबँेसी र वीरेन्द्रनगरमा स्थापना गरिएका यी चिस्यान केन्द्र दुई हजार पाँचसय मेट्रिक टनसम्म तरकारी तथा फलफूल राख्न सक्ने क्षमताका रहेको प्रदेश सरकार कृषि विकास निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले अदुवा, प्याज सुन्तला ड्रागन फ्रुट राख्न मिल्नेगरी चिस्यान केन्द्र निर्माण गरी सञ्चालन सुरु गरिएको जानकारी दिनुभयो । तर प्रत्येक चिस्यान केन्द्र पाँच सय मेट्रिक टनसम्म क्षमताका रहेको भन्दै विद्युत्को लो भोल्टेजका कारण सञ्चालनमा भने कठिनाइ भइरहेको रोकायको भनाइ छ । “किसानले उत्पादन गरेको कृषि सामग्रीलाई लामो समय राख्न तथा खेर जान नदिन हामीले कोल्डस्टोर निर्माण गर्यौ, निर्देशक रोकायले भन्नुभयो,” “विद्युत्को लो भोल्टेजका कारण सञ्चालनमा कठिनाइ छ ।” सहज रुपमा सञ्चालन गर्न सकियो भने किसानलाई बजारीकरणसँगै खेर जाने समस्या कम हुने अपेक्षा रहेको उहाँले बताउनुभयो । यसैबीच, आलुको बीउ भण्डारणको लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहाताल गाउँपालिकामा पाँच सय मेट्रिक टन क्षमताका पाँच वटा रष्टिक स्टोर सञ्चालनमा ल्याइएको निर्देशनालयले जनाएको छ ।

    यसैगरी गुर्भाकोट र लेकबेँसी नगरपालिकामा दुई सय मेट्रिक टन क्षमताका दुईवटा बीउ भण्डारण केन्द्र स्थापना गरिएको निर्देशनालयका कृषिप्रसार अधिकृत तिलकप्रसाद पाण्डेको भनाइ छ । उहाँका अनुसार भण्डारण केन्द्रमा धान, मकै, गहुँ र तरकारीको बीउ भण्डारण गर्ने गरिएको छ भने सुर्खेतमा पाँच वटा सङ्कलन केन्द्र रहेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.