सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

च्याउखेतीमा प्रविधिको प्रयोग


  •    न्युजभित्तो/१७ बैशाख २०८१, सोमबार १३:३४ 
  • गण्डकी, १७ वैशाख । पोखरा महानगरपालिका–११ मा धु्रवबहादुर थापाले काहुँ सिस्नेरी एग्रो फर्म सञ्चालन गर्नुभएको केही समय मात्रै भयो । विगतमा खाद्यान्न आपूर्तिको काम गर्ने उहाँले व्यावसायिक च्याउखेतीप्रतिको आकर्षण भने कोरोना कहरको समयदेखि सुरु गर्नुभएको हो ।
    कोरोनाकालीन समयमा आएको व्यावसायिक च्याउखेतीको सोचलाई व्यवहारमा नै उतार्नुभएका थापाले २०७४ देखि नै त्यसका लागि अध्ययन एवं अन्य प्रक्रियागत काम सुरु गर्नुभएको थियो ।

    उहाँले चिस्यानसहितको आधुनिक प्रविधियुक्त टनेलमा हाल च्याउखेती गरिरहनुभएको छ । यसका लागि चीनबाट सामान ल्याउनुभएको छ । विसं २०७७ फागुनमा निर्माणका काम सकेपछि च्याउखेती थालिएको र चिस्यानसहितको हाइटेक प्रविधिको टनेल तयार गर्न करिब रु ५० लाख खर्च भएको उहाँको भनाइ छ ।

    थापाले उत्पादन राम्रो हुँदाका अवस्थामा दैनिक करिब पाँच सय किलोग्रामसम्म गोब्रे च्याउ टिप्दै आउनुभएको छ । कन्ये च्याउ सामान्य टहरामा उत्पादन गर्न सकिए पनि गोब्रे च्याउ भने हाइटेक प्रविधि जडित टनेलभित्र नै गर्नुपर्ने उहाँको अनुुभव छ । आफूले उत्पादन गरिरहेको च्याउको खपत पोखरामा नै हुने गरेको उहाँले सुनाउनुभयो ।
    टनेलबाट यस याममा तीन हजार किलोग्राम च्याउ उत्पादन भइसकेको जानकारी दिँदै उहाँले थप एक हजार किलोग्राम उत्पादन हुने अनुमान गरिएको बताउनुुभयो । उहाँले च्याउ रु दुई सय ७० मा बिक्री गर्दै आउनुभएको छ । खुद्रा बजारमा भने रु तीन सयदेखि तीन सय २५ सम्म च्याउ बिक्री भइरहेको उहाँको भनाइ छ ।

    थापाको च्याउखेती फर्ममा हाल तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने थप पाँच जनाले आवश्यकताअनुसार रोजगारी पाइरहेका छन् । च्याउ टिप्ने बेलाका समयमा भने १२÷१३ जना कर्मचारीलाई प्रतिघण्टाका आधारमा पनि काममा लगाइने उहाँले जानकारी दिनुुभयो ।
    महानगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत च्याउ पकेट कार्यक्रमका लागि गत आर्थिक वर्षमा थापासहित तीन जना च्याउ उत्पादक कृषक रकम उपलब्ध गराइएको थियो । जसमा संरचना निर्माण, मल, बीउलगायतका लागि ५० प्रतिशत अनुदानस्वरुप ? १२ लाख उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमको निरन्तरता दिँदै थापाको काहुँ सिस्नेरी एग्रो फर्मलाई ५० प्रतिशत अनुदानस्वरुप रु छ लाख उपलब्ध गराइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो ।

    च्याउका फाइदा
    बहुपोषणयुक्त च्याउमा ३५ प्रतिशत प्रोटिन पाइन्छ भने क्यालोरी तथा चिल्लो पदार्थको मात्रा कम हुन्छ । यसमा एर्गो थियोनिन भन्ने तत्व हुन्छ जसले चाउरीपना हटाउनुुका साथै छालाको सुरक्षा गर्दछ । यसमा एन्टी अक्सिडेन्ट प्रशस्तमात्रामा पाइन्छ ।
    रोग प्रतिरोधात्मक क्षमता हुने च्याउमा भिटामिन डि प्राप्त हुन्छ भने निकै कममात्रामा कार्बोहाइड्रेड हुन्छ । नियमितरुपमा च्याउ खानाले उच्च रक्तचाप, सुुगरआदिको नियन्त्रण गर्न मद्दत पुुग्दछ भने क्यान्सरको जोखिम कम गर्नुका साथै तौल घटाउन पनि उपयोगी मानिन्छ ।

    महानगरको सहयोग
    पोखरा महानगरपालिका कृषि महाशाखाले व्यावसायिक कृषिमा क्रियाशील कृषकलाई केही न केहीरुपमा सहयोग गरिरहेको महाशाखा प्रमुख मनोहर कडरिया बताउनुहुन्छ । पोखरा पर्यटकीय क्षेत्र भएका कारण यहाँ च्याउको खपत राम्रै हुने उहाँको भनाइ छ । च्याउको माग पनि बढ्दो भएकाले यसको विविधीकरण गर्नुपर्छ भन्ने महानगरको सोच रहेको उहाँले बताउनुुभयो ।
    उहाँका अनुसार मूल्यका दृष्टिले सीताके च्याउ सबैभन्दा महंगो पर्छ भने गोब्रे र कन्ये च्याउ त्योभन्दा सस्तोमा पाइन्छ । किसानले राम्रो मूल्य पाउनुका साथै उपभोक्ताले फरक स्वाद पाउन सकुन् भन्ने सोचका साथ च्याउको विविधीकरणलाई आफूहरूले जोड दिएको उहाँको भनाइ छ ।
    सुरुमा कन्ये च्याउको उत्पादन राम्रो भएको बताउँदै उहाँले उक्त च्याउ भने प्लाष्टिकका टनेलमासमेत उत्पादन गर्न सकिने जानकारी दिनुुभयो । महानगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको च्याउ पकेट कार्यक्रमबाट काहुँ सिस्नेरी एग्रो फर्मलाई सहयोग गरेको उहाँले बताउनुुभयो ।
    उहाँका अनुसार महानगरपालिकाले च्याउ उत्पादक कृषकको हितलाई दृष्टिगत गर्दै कन्ये च्याउका लागि रु एक सय ३० र गोब्रे च्याउका लागि दुई सय ६० न्यूनतम समर्थन मूल्य पनि तोकिसकेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.