रिसइबीकै कारण छिमेकीको ३ वर्षीया छोरीको हत्या गरेपछि…
न्युजभित्तो/१७ बैशाख २०८१, सोमबार १२:१४
जनकपुरधाम, १७ वैशाख । सिरहामा प्रहरीले हत्या गरेको आरोपमा आमाछोरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा सिरहा नगरपालिका(१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव प्रकाउ परेका हुन् ।
गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी छिमेक रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारी हराएपछि खोजतलास गर्ने क्रममा वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्याङ नजिकै बालिकाको शव फेला परेको थियो ।
मसुराको झ्याङ्टाभित्र कालो रंगको बोराभित्र बालिकाको शव फेला परेको डीएसपी सापकोटाले बताए । अनुसन्धानको क्रममा करिब एक वर्षदेखि छिमेकी रमेश र धनिकलालको परिवारबीच झैझगडा हुने गरेको थियो । त्यही रिसइबीका कारण धनिकलालको परिवारले घर अगाडि खेलिरहेकी बालिकालाई बिस्कुट दिई आफ्नो घरभित्र लगेर हत्या गरेको डीएसपी सापकोटाले बताए । सोनादेवीका श्रीमान् धनिकलाल यादव भने फरार छन् ।