सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समाज परिवर्तन गर्ने अभियानमा जुटेका छौँ-पूर्वप्रधानमन्त्री नेपाल


  •    न्युजभित्तो/१४ बैशाख २०८१, शुक्रबार १६:४४ 
  • काठमाडौँ, १४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताउनुभएको छ ।

    नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संस्था युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला समितिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा उहाँले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेकाले निराश हुनुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो ।

    “देश र जनताका लागि काम गरेर देखाउने बेला आएको छ, कुनै पनि पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो, कम्युनिष्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरु अगाडि बढ्नुपर्छ, जनतालाई विश्वास जगाउन जरुरी छ, जनताको पीडाको साथी बन्नुपर्छ, गाउँघरमा पुगेर जनताको समस्या बुझ्नुहोस् र समस्या समाधानमा लाग्नुहोस्”, उहाँले भन्नुभयो ।

    अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको उल्लेख गर्नुभयो । उहाँले शक्तिमा रहँदा मात्तिएका कारण नेपालको कम्युनिष्ट आन्दोलनले ठूलो क्षति बेहोर्नुपरेको बताउनुभयो । “समय र शक्तिको सदुपयोग हुन नसक्नु र व्यक्तिमा घमण्ड उत्पन्न हुँदा पार्टी विभाजन भयो”, अध्यक्ष नेपालले भन्नुभयो ।

    उहाँले इमान्दार, निष्ठा र केही गरौँ भन्ने भावना भएमात्र पार्टी अगाडि बढ्ने बताउनुभयो । पार्टी एकातिर, जनवर्गीय सङ्गठन अर्कातिर हिँड्दा पार्टी अगाडि बढ्न नसक्ने उहाँको भनाइ छ । उहाँले आफू ४१ वर्षमा मन्त्री भएर युवाको जोस र जाँगर राष्ट्र निर्माणमा लगाएको स्मरण गर्दै अहिलेका युवालाई समेत नवीन जोस जाँगरका अगाडि बढ्न आग्रह गर्नुभयो ।

    अध्यक्ष नेपालले पार्टीको दशौँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रतिवेदन, विधानलगायतका दस्तावेज लेखनको कार्यलाई पार्टीले तीव्र गतिमा अगाडि बढाउँदै आएको बताउनुभयो ।

    अहिले मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको उहाँको भनाइ छ । सुशासन, सामाजिक न्याय र समानता तथा समृद्धि अहिलेको मुलुकको आवश्यकता भएको अध्यक्ष नेपालले बताउनुभयो । उहाँले वर्तमान सरकार छ पार्टीको समर्थनमा बनेकाले कुनै एक पार्टी सरकारबाट अलग हुँदा सरकारलाई अप्ठेरो पर्ने अवस्था भएको हुँदा सबैलाई मिलाएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

    पूर्वप्रधानमन्त्री नेपालले जलवायु परिवर्तनको असरले नेपालका हिमालमा असर पर्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । विकसित मुलुकले विकासको नाममा प्रदूषण उत्पन्न गर्दा नेपालको सगरमाथामा असर परिरहेको उहाँको भनाइ थियो ।

    नेकपा ९एकीकृत समाजवादी० का स्थायी समिति सदस्य एवं युवा सङ्घ इञ्चार्ज दिलुकुमारी पन्तले मुलुकको राजनीतिक परिवर्तनमा युवा सङ्घले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

    नेत्री पन्तले पार्टी र देशका हरेक तहमा युवा सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । भ्रष्टाचार विरोधी आन्दोलन, सुशासनको पक्षमा युवा सङ्घले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो ।

    युवा सङ्घ काठमाडौँका अध्यक्ष गौरीशङ्कर रानाले सबै युवालाई समेटेर अगाडि बढ्न काठमाडौँ युवा सङ्घले काम गर्दै आइरहेको बताउनुभयो । उहाँले युवाका समस्या देखाउनेभन्दा समाधान गर्नेतर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.