सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीमा उन्मूलन भयो औलो


  •    न्युजभित्तो/१४ बैशाख २०८१, शुक्रबार १२:३८ 
  • बेनी, १४ वैशाख । म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई दशकअघिसम्म औलो रोग महामारीका रुपमा रहेको थियो । सरकारले नेपाललाई सन् २०२५ सम्म औलो उन्मूलन राष्ट्र बनाउने लक्ष्य राखेको छ ।

    पछिल्लो तीन वर्षयता औलाका रोगी फेला नपरेकाले औलो उन्मूलन भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । “मापदण्डअनुसार म्याग्दीमा वार्षिक एक हजार चार सय जनामा लक्षण देखिएका बिरामीको औलो परीक्षण गरिँदै आएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो तीन वर्षयता औलोका बिरामी नभेटिएकाले औलो उन्मूलन भएको घोषणा गर्न सकिने आधार बनेको छ ।”

    सचेतनामूलक कार्यक्रम, समुदायस्तरमा सावधानी, उपचारमा पहुँच वृद्धि, स्वास्थ्यचौकी तहमा परीक्षण गरी औलोका बिरामी पहिचान गर्न थालेपछि औलो उन्मूलन हुन थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो ।

    उहाँका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९र८० मा २६, २०७८र७९ मा १३ र २०७७र७८ मा १२ जना औलोका बिरामी भेटिएका थिए । उनीहरु सबै आयातित औलोका बिरामी हुन् । विदेश अथवा जोखिमयुक्त ठाउँबाट आएका व्यक्तिलाई ४५ दिनभित्र देखिने औलोलाई आयातित र एकै ठाउँमा रहेका व्यक्तिमा देखिने औलोलाई स्थानीय भन्ने गरिएको छ ।

    तापक्रम वृद्धिको असर, विदेशी मुलुकमा हुने आवतजावत, पर्यटक, जोखिमयुक्त ठाउँमा यातायात सम्बन्ध आदिका कारणले आयातित औलोको जोखिम रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र सापकोटाले बताउनुभयो ।

    “औलोको जोखिम रहेको भारतका धेरै नागरिक तीर्थयात्रीका रुपमा म्याग्दी र मुस्ताङ आउने भएको हुँदा उनीहरुसँगै आयातित औलो भित्र्ने जोखिम छ”, उहाँले भन्नुभयो, “शङ्कास्पद बिरामीको परीक्षण र अभिलेख व्यवस्थापनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन आवश्यक छ ।”

    ज्वरो आउने, कमजोरी हुँदै जाने, एक दिन बिराएर वा दुई दिनमा ज्वरो आउने, जाडो भएजस्तो हुने, सिरक ओढ्दा तत्काल पसिना आउने आदि औलोका लक्षण हुन् । फाल्सीफोरम परजीवीका कारण हुने औलोमा इन्सेफ्लाइटिस या मेनेन्जाइटिसको जस्तो दिमागमा असर गर्ने र मिर्गौलामा असर गर्ने हुँदा पिसाबमा रगत मिसिएर आउन सक्छ ।

    औलोबाट बच्नका लागि घरभित्र लामखुट्टे मार्ने औषधि छर्कने, झुल लगाएर मात्र सुत्ने, घर वरपर पानी जम्ने खाल्डाखुल्डी छन् भने पुरिदिने या पानी जम्न नदिने, घरवरपर सरसफाइ राख्ने, घरमा कसैलाई औलो लागेको छ र अरुलाई पनि लक्षण देखिएमा तत्काल जाँच गराउन चिकित्सकले आग्रह गरेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.